Headlines News :
Home » » राप्ती नदीमा फोहोरको डंगुर, वन्यजन्तुलाई असर गर्न सक्ने

राप्ती नदीमा फोहोरको डंगुर, वन्यजन्तुलाई असर गर्न सक्ने

Written By Unknown on Saturday, April 16, 2016 | 10:30 PM


५ वैशाख, चितवन । जंगलको छेउमा बग्ने नदी कलकल आवाज गर्दै स्वच्छ हुनुपर्ने हो । तर, चितवनको जंगल भएर बग्ने राप्ती नदी त्यस्तो देखिँदैन । राप्ती नदीमा अत्यधिक मात्रामा प्लाष्टिकजन्य फोहोरको डंगुर थुप्रिएको छ ।



पर्यटकीय नगरी सौराहाका कारण नदीमा बढी मात्रामा प्लाष्टिकजन्य फोहोर, पानीका बोतल र ड्राई फुडका प्याकेटहरु पाइने गरेका छन् । यस्तो फोहोर वन्यजन्तुहरुका लागिसमेत हानिकार मानिन्छ ।

सौराहा पर्यटकीय क्षेत्र भए पनि सरकारले नै प्लाष्टिकजन्य वस्तुमा रोक लगाएको छैन । बरु यहाँ २१ औं वन्यजन्तु सप्ताहको अवसरमा सरसफाइ गरिएको छ । ‘यस वर्ष वन्यजन्तुको भविश्य हाम्रो हातमा’ भन्ने नारासहित वैशाख १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी सरसफाइ अभियान जारी रहेको छ ।

अहिलेसम्म राप्तीबाट १४ बोराभन्दा बढी बढी प्लाष्टिकजन्य फोहोर संकलन गरिएको क्षेत्रीय होटल संघका कार्यालय सचिव मनोज सुनारले जानकारी दिए ।

क्षेत्रीय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टको संयोजनमा सम्पन्न सरसफाइ कार्यक्रममा रत्ननगर नगरपालिकाका लेखा प्रमुख सीताराम पोख्रेरल, रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट, चित्रसेन वनका अध्यक्ष अशोक चौधरी, बाघमारा वनका कोषाध्यक्ष ध्रुव खनाल, क्षेत्रीय होटल संघका निर्वतमान अध्यक्ष नारायण भट्टराई, कोषाध्यक्ष अञ्जनकुमार पाण्डे, महासचिव राममणि खनाल, युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दीपक भट्टराईलगायत सहभागी भएका छन् ।

वन्यजन्तु संरक्षण समाज र क्षेत्रीय होटल संघको आयोजनामा राप्ती नदीको सरसफाइ गरिएको हो । यो अभियानलाई चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको श्रीजंग गण, रेवान सौराहा, बाघमारा र चित्रसेन वनले सहकार्य गरेका छन् ।

सरसफाइमा सहभागी हुँदै अगुवा संरक्षणकर्मीहरुले राप्ती नदीमा अत्यधीक मात्रामा फोहोर फालिएको भन्दै सेना परिचालन गर्न सुझाव दिएका छन् ।

विश्व सम्पदा सूचीमा पर्ने निकुञ्जभित्र रहेको नदीमा प्लाष्टिकजन्य, फोहोर जथाभावी फाल्दा वन्यजन्तुलाई असर परेको नेचर गाईड जीतबहादुर तामाङ्गले अनलाइनबरलाई बताए  ।

जौविक संरक्षणका लागि सौराहाको राप्ती नदी किनारमा सेना परिचालन गरी पूर्ण सरसफाइयुक्त बनाउने माग सरोकारवालाले निकुञ्ज प्रशासनसमक्ष राखेका छन् ।

सरसफाइ अभियान अन्तरगत शनिबार सौराहाको राप्ती नदी ड्याकबाट सुरु भई पटिहानीको घटगाईसम्म गरिएको छ । आइतबार टिकौली जंगलमा सरसफाइ गरिँदैछ । अनलाइनखबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger