Headlines News :
Home » » तुलसीपुर देखि पश्चिममको यातायात आइतवार ठप्प पारे स्थानीयले

तुलसीपुर देखि पश्चिममको यातायात आइतवार ठप्प पारे स्थानीयले

Written By Unknown on Saturday, April 16, 2016 | 10:43 PM


तुलसीपुर ५-बैशाख /  तुलसीपुर देखि पश्चिममको यातायात आइतवार (आज) विहान ९ बजेदेखि फेरी अवरुद्ध भएको छ ।

तुलसीपुर ८ कृष्णमन्दिरमा सडकमा स्थानीय सडकमै बसेर यातायात ठप्प पारेका हुन । आन्दोलनलाई साथ दिन स्थानीय महिला, गृहनी, युवा तथा टोलका अगुवा सडकमै उत्रिएका छन् ।



सडक कालोपत्रेको काम छोडेर ठेकेदार भागेको विरोधमा दुधेनावासीले सांकेतिक विरोध स्वरुप चक्का जाम गरेका हुन । उनीहरुले आज विहान ९ बजेदेखि थालेको चक्का जाम दिउँसो २ बजेसम्म गरी ४ घन्टा चक्का जाम हुने जानकारी दिएका छन् । स्थानीयवासीले शनिवारपनि उक्त सडक खण्ड विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ठप्प पारेका थिए ।

सडक छिटो कालोपत्रे गर्न वा भागेको ठेकेदारलाई झिकाएर कालोपत्रेको काम गर्न दवाव सृजनागर्ने उदेश्यले सांकेतिक विरोध स्वरुप चक्का जाम गरिएको राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष जितबहाखदुर खड्काले तुलसीपुर अनलाईनलाई जानकारी दिए ।

कालोपत्रे गर्ने जिम्मेवारी लिएका ठेकेदा भागेपछि दोघरेदेखि बालापुर सम्मको सडक कालोपत्रे गर्ने काम अलपत्र अवस्थामा छ । दोघरे देखि वालापुर सम्मको सडक खण्ड ०७१ साल भित्रै कालोपत्रे गरिसक्ने सर्तमा नेपाल बोखटी कन्ट्रक्सन निर्माणले सेवाले जिम्मा लिएको थियो ।

२०६९ सालमा उक्त कम्पनीले तुलसीपुर देखि पोटली सम्मको १२ किलोमिटर सडक ०७१ मसान्त सम्म कालोपत्रे गरिसक्ने सर्तमा ठेक्का लिएको भएपनि हालसम्म काम पुरा नहुँदा सडक धुलाम्मे मात्रै बनेको छैन स्थानीयको स्वाश्थ्यपनि जोखिममा परेको अध्यक्ष खड्काले बताए ।

सडक निर्माणको जिम्मा लिएको उक्त कम्पनीका ठेकेदार विनोद बोहराले ०७२ साल पुरा हुँदा समेत काम पुरा नगरी भागेकोले त्यसको विरोधमा चक्का जाम गर्नुपरेको आन्दोलनका संयोजक दशरथ वलीले जानकारी दिए । उनले ठेकेदारले मनोमानी गर्दापनि राज्यले ध्यान नदिएको भन्दै आक्रोस पोखे ।

उनले तुलसीपुर अनलाईन संग फोनमा भने ‘यो सडक खण्डको आसपासका घरमा बसिसक्नु छैन । यात्रागर्ने व्यक्ति धुलोमा पुरिएको हुन्छ ।’ ठेकेदार काम विचमै छोडेर भागेपछि उक्त सडक खण्डमा यात्रागर्न कठिन भएको र स्थानीयको स्वास्थ्य जोखिममा परेको आन्दोलनका संयोजक वलीले बताए ।

१३ महिना अघि निर्माण गरिसक्नु पर्ने काम ठेकेदारले भाकासार्दे काम ढिलाई गरेको र पछिल्लो समय काम पुरा नगरी ठेकेदार भागेपछि स्थानीयहरुले अर्काै व्यवस्था गर्न वा ती ठेकेदारलाई झिकाएर छिटो काम गराउनु पर्ने भन्दै चक्का जाम गरेको वलीले बताए ।

वर्षातको समयमा हिलाम्मे र आजभोलिको सुख्खा मौसममा सडक धुलाम्मे बन्ने हुँदा स्थानीयवासीलाई यात्रागर्न निकै कठिनाई हुने गरेको आन्दोलनका संयोजक वलीले बताए ।

राधाकृष्ण टोल विकास संस्थाको अगुवाईमा छिटो सडकको कालोपत्रेको गरिनुपर्ने दवाव दिनका लागि सांकेतिक रुपमा सडक बन्द गरिएको र स्थानीयको माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्य हुने आन्दोलनका संयोजक वलीले बताए ।

यसैबीच आज आन्दोलनरत पक्ष र स्थानीय प्रशासनका बीचमा वार्ता हुने भएको छ । विहान १० बजे ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ईलाका प्रशासन कार्यालयका पदाधिकारी र आन्दोलनरत पक्षका विचमा छलफल हुन लागेको राधाकृष्ण टोलविकास सस्ंथाका अध्यक्ष जितवहादुर खड्काले जानकारी दिए । स्थानीयले सडकमा यातायात संचालन हुन नदिदा सर्वसाधरण यात्रु भने मर्कामा परेका छन  । नारायण खड्का, तुलसीपुर अनलाइन 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger