Headlines News :
Home » » बैदेशिक रोजगारीमा गएका दाङका एक युवाको दुबईमा मृत्यु

बैदेशिक रोजगारीमा गएका दाङका एक युवाको दुबईमा मृत्यु

Written By Unknown on Tuesday, April 19, 2016 | 4:39 AM


घोराही ७- बैशाख । दाङ बाघमारे वडा नं. ५ सिमसुन्दरपुरका शैलेन्द्र ओलीको युएईको सारजहामा मृत्यु भएको छ । युएई स्थित भरत ओलीले दिएको जानकारी अनुसार आइतबार उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन ।

उनी सारजामा रहेको मुम्ताज पेन्ट कम्पनीमा अफिसियलको रुपमा काम गर्दै आएका थिए । भरतले वलीले दिएको जानकारी अनुसार कम्पनीका मान्छेहरुले गलबन्धिले पासो लगाएर आफू बस्ने कोठामा झुन्डिएर आत्महत्या गरेको बताएका छन ।



शब र उनको सम्पूर्ण समान दुबै प्रहरीले छानबिनको लागि लगिसकेको छ । पोष्टमार्टम र प्रहरी अनुसन्धान पछाडि मात्र शब हेर्न पाइने त्यहाँको नियम भएकाले अहिलेसम्म कुनै पनि नेपालीले शब हेर्न पाएका छैनन् । सो कम्पनीमा धेरै नेपालीले काम गर्ने भए पनि उनी उच्च दर्जाको कर्मचारी भएकाले उनलाई कम्पनीले आबासीय ब्यवस्था गरेको थियो ।

मृतक ओलीले केहि दिन अगाडि आफन्तलाई दिएको जानकारी अनुसार उनको कम्पनीका म्यानेजरसँग केहि दिन अगाडिदेखि झगडा भइरहेको थियो । म्यानजलरले केहि दिन अगाडि देखि टर्चर गरिरहेको ओलीले आफन्तलाई जानकारी दिएको परिवारले जनाएको छ । घरको एक मात्र छोरो उनी ढाई बर्ष पहिले दुबै गएका थिए । गणेश वली, तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger