|
|
|
|
एक बल बाँकी छँदै सात विकेटको क्षतिमा नामिबियाले दिएको २४० रनको लक्ष्य भेट्टाएपछि कप्तान पारसले सञ्चारकर्मीसँग कुरा गर्दै कठिन भएपनि टीम म्याच खेलेकाले विजयी हुन सकेको बताए ।
नामिबियालाई पराजित गर्दाको जश उनले मात्रै लिएनन् । ‘यो जित हामी सबैको प्रयासबाट सम्भव भएको हो’, उनले भने, ‘अब नेदरल्यान्ड्सविरुद्ध हुने खेलको विशेष तयारी गर्नुपर्छ ।’
सोमबारको खेलमा नेपालले नामिबियाबिरुद्ध तीन विकेटको जित निकालेको छ । यसअघि शनिबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा पनि नेपालले ५ विकेटको जित निकालेको थियो ।
नेपालको जीतका लागि कप्तान पारस खड्काको १०३ रन र शरद भेषवाकरको ७४ रन महत्वपूर्ण बन्यो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । यता राजेश पुलामी र सोमपाल कामी भने एक एक रन बनाएर आउट भए ।
यता बसन्त रेग्मीले समेत एक रन मात्र बनाए ।
नेपालको सात विकेट लिने क्रममा नामेबियाका सारेल बर्गरले तीन, जिभागो ग्रोइनेवाल्ड दुई तथा गेरी स्नाइमन र जेजे स्मिथले एक एक विकेट लिए ।
त्रिवी क्रिकेट मैदानमा सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो । सोही लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.४ ओभरमा लक्ष्य पूरा गरेको हो ।
नामिबियाका लागि कप्तान स्टीफन बार्डले ६० बलमा ५१ तथा जेन ग्रिनले ८७ बलमा ४७ रन बनाएका थिए ।
नामिबियाका कप्तानलाई नेपालका सन्दिप लामिछानेले विकेट लिदै आउट गरेका थिए ।
नामिबियाका लागि सारेल बर्गरले नटआउट ४३ रन बनाएका थिए भने जेपी कोट्जेले ३२, निकोलाश स्चोल्ट्सले २२, जेजे स्मिथले १४, लोहान लरेन्सले १०, पिक्की या फ्रान्स चार तथा ग्रेहार्ड इरामस तीन रनमै आउट भएका थिए ।
नामिबियाका गेरी स्नाइनम डक आउट भए ।
नामिबियालाई सस्तैमा समेट्नका लागि सन्दिप लामिछाने, बसन्त रेग्मी र शक्ति गौचनले समान दुई दुई विकेट लिएका थिए ।
शनिबारको जितले विश्वकप छनोट खेल्ने नेपालको सम्भावना जीवितै रहेका बेला सोमबारको जितले नेपालको सम्भावनालाई अझ बलियो बनाएको छ ।
सोमबारको जित सँगै नेपाल पाँचौ स्थानमा उक्लिएको छ ।annapurnapostबाट साभार

Post a Comment