|
|
|
|
घोराही ५-बैशाख । दाङमा आईतबार भएका तीन वटा सवारी दुर्घटनामा परि ३ जनाको मृत्युभएको छ भने दुई जना गम्भिर घाईते भएको छ ।
घोराही नगरपालिका ७ बाँसवोटमा रा १ त १४२७ नम्वरको ट्याक्टरले रा १ प ५२१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सैघा १ का ३७ वर्षीय नरवहादुर गिरीको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका गिरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्युभएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाईकलमा सवार सैघा २ का २२ बर्षिय खेमबहादुर भण्डारी गम्भिर घाईते हुनुभएको छ । दाङवाट रोल्पातर्फ जाँदै गरेको ट्याक्टरले र विपरित दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिएको थियो । उता घोराही तुलसीपुर सडक खण्डको बिजौरी १ बेलझुण्डिमा मोटरसाईकल दुर्घटना हुदा चालक मानपुर २ बस्ने २२ बर्षिय विरबहादुर बस्नेतको मृत्युभएको छ ।
तुलसीपुरबाट घोराही तर्फ आउदै गरेको अनटेष्ट मोटरसाईकल तिब्र गतिका कारण अनियन्त्रीत भएर बेलझुण्डिमा बिद्युतको पोलमा ठोकीदा बस्नेतको मृत्युभएको हो । सोही मोटरसाईकलमा सवार सोही ठाँउका २२ बर्षिय प्रबिण जिसी गम्भिर घाईते भएको र अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा प्रहरी नायव निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिए ।
यसैगरी पश्चिम बाघमारेबाट तुलसीपुर आउदै गरेको जिपको ढोकाबाट खसेर शान्तिनगरको जुम्लेकुलामा एक जनाको मृत्युभएको छ ।
बाघमारेबाट तुलसीपुर आउदै गरेको रा १ ज ३८६ नम्बरको जिपबाट शान्तिनगर ९ जुम्लेकुलामा ढोकाबाट खस्दा सोही ठाउँका २० बर्षिय गणेश गौतमको मृत्युभएको प्रहरी नायब निरिक्षक पोख्रेलले बताए । टाउकोमा गम्भिर चोट लागेका गौतमको उपचारका लागि तुलसीपुर ल्याउने क्रममा बाटो मै मृत्युभएको हो । निमुसंगम घर्ती, तुलसीपुर अनलाइनबाट

Post a Comment