Headlines News :
Home » » सवै तारा प्यूठानकै छानिए, तारालाई वर्षभरी यात्रामा छुट

सवै तारा प्यूठानकै छानिए, तारालाई वर्षभरी यात्रामा छुट

Written By Unknown on Monday, April 18, 2016 | 5:24 AM


प्यूठान ६-वैशाख । नव प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले जिल्लामा संचालन गरिएको ‘प्यूठानी तारा सिजन–३’ बाट सवै विधामा प्यूठानकै प्रतिभा तारा बनेका छन् ।

गायनतर्फ चिराग मगर, नृत्यतर्फ पकला–२ की मालिका मल्ल र साहित्य पर्यटनतर्फ तुषारा हिडडाँडाका एकराज पोख्रेल(कुखुरी काँ) ‘तारा’ घोषणा भएका हुन् । झण्डै तीन सय बढी प्रतिस्पर्धीहरुको विचमा उनीहरु यसवर्षको तारा छनोटमा परेको आयोजकले जनाएको छ ।



८० प्रतिशत एसएमएस ‘भोटिङ’ र २० प्रतिशत मूल्यांकनको आधारमा तारा घोषणा गरिएको मूल आयोजक समितिका संयोजक एवं रेडियो लिस्ने आवाजका स्टेशन म्यानेजर नोमराज पौडेलले जानकारी दिए । स्वर्गद्धारी बहुमुखी क्याम्पस विजुवार पूण्यखोलामा शनिवार आयोजना गरिएको घोषणा कार्यक्रममा गायन र नृत्यतर्फका तारालाई नगद ५०-५० हजार र पर्यटन साहित्यतर्फका तारालाई नगद दश हजार सहित मेडल, प्रमाणपत्र र विभिन्न गिफटहरु प्रदान गरिएको छ ।

एकै मंचबाट तीनै वटा विधाका तारा छनौट गर्ने संभवत मुलुककै पहिलो कार्यक्रम रहेको आयोजकले दावी गरेको छ । ‘नियमित कलाकारहरुको खोजी र व्यवसायिकरणका लागि वर्षेनी प्यूठानी तारा संचालन गर्दै आएका छौँ’,पौडेलले भने,‘जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यसपटक पर्यटन साहित्य तारा समेत थपेका हौँ ।’ सवै विधाका तारा र ‘टप फाईप’ सम्म छानिएका प्रतिभाहरुलाई विभिन्न संघ संस्था, व्यवसायिक फर्महरुले नगद पुरस्कार र गिफ्टहरुको प्रायोजन गरेको आयोजकले जनाएको छ ।

रेडियो लिस्ने आवाजको आयोजना, स्वर्गद्धारी टेलिभिजन, लिस्ने जनसंचार साप्ताहिक र प्राणरक्षा मासिकको सह–आयोजनामा विगत तीन महिनादेखि प्यूठानी तारा संचालन गरिएको हो । घोषणा भएका सवै प्यूठानी ताराहरुको कलालाई थप व्यवसायिकरण र प्रवद्र्धन गर्नका थप सहयोग गरिने स्वर्गद्धारी टेलिभिजनका प्रवन्धक विनोद भण्डारीले बताएका छन् ।

 ‘कला-संस्कृतिलाई विकासमा जोडौँ’ घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथी सामान्य प्रशासन मन्त्री रेखा शर्माले कला र संस्कृतिलाई विकास निर्माणमा जोड्नुपर्ने बताएकी छिन् । पर्यटकिय हिसावले प्यूठानमा थुपै्र संभावना भएकाले यसको प्रवद्र्धनमा कला क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा उनले जोड दिईन । ‘विकासको प्रमुख आधार भनेको पर्यटन हो’,उनले भनिन्,‘यहाँको कला, साहित्य र पर्यटन क्षेत्रको विकासमा म सदैव प्रतिवद्ध छुँ ।’

तारालाई वर्षभरी यात्रामा छुट यसैविच, ‘प्यूठानी तारा सिजन–३’बाट छनौट भएका ताराहरुलाई वर्षभरी यात्रा गर्दा निःशुल्क व्यवस्था गरिएको छ । स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति विजुवार प्यूठानले चिराग मगर(गायन), मालिका मल्ल(नृत्य) र एकराज पोख्रेल(पर्यटन साहित्य)लाई समितिद्धारा संचालित यातायातका साधनहरुमा यात्रा गर्दा निःशुल्क व्यवस्था गरिएको समितिका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी गराए ।

‘नव प्रतिभाहरुको सम्मान गर्नका लागि यस्तो व्यवस्था गरेका हौँ’,श्रेष्ठले भने,‘यस्तो व्यवस्थाले उनीहरुमा थप हौसला जगाउन सक्छ ।’केशर रोका, तुलसीपुर अनलाइन 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger