|
|
|
|
यतिबेला उनलाई चारैतिरबाट बधाईको ओइरो लागेको छ । संगीसाथी, इष्टमित्रदेखि लिएर समाजका सबैक्षेत्रका विशिष्ट व्यक्तिहरुले उनलाई बधाइ तथा शुभकामना दिएका छन् । ‘म निकै खुशी छु ।’ नृत्य आडल वर्षाले उत्साहित हुँदै भनिन्, ‘मेरो सपना साकार भएको छ ।’
गत असोजको पहिलो सातादेखि प्रारम्भ भएको गोल्डेन आइडलको फाइनल चैत्र २७ गते कास्कीको पोखरामा सम्पन्न भएको थियो । फाइनलमा वर्षाले दाङको थारु नृत्य र महिला हिंसा विरोधी भावनृत्य प्रस्तुत गरेकी थिइन् । प्रतियोगिता नवौं चरणसम्म चलेको थियो ।
उपाधी चुमेपछि वर्षाले १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिइन् । राप्तीको अंग्रणी साँस्कृतिक संस्था उत्सर्ग फिल्मस् नेपालको मंचबाट नृत्य यात्रा प्रारम्भ गरेकी वर्षाले उत्सर्ग डान्सिङ स्टार २०७१ मा विशिष्ट प्रतिभाको अवार्ड जितेकी थिइन् भने २०७२ मा सान्तवना अवार्ड प्राप्त गरेकी थिइन् ।
करीब २ वर्षदेखि नियमित नृत्य प्रशिक्षण लिइरहेकी वर्षा भविष्यमा नृत्य प्रशिक्षकको रुपमा स्थापित हुन चाहन्छिन् । घोराही ११ शुक्रपथ टोल निवासी श्रीधरकुमार लम्साल र पद्मा लम्सालकी कान्छी सुपुत्री वर्षा जनज्योति विद्यामन्दिरमा कक्षा ७ मा अध्ययनरत् छिन् । -तुलसीपुर अनलाइनबाट
Post a Comment