|
|
|
|
आज विहान वस्तीमा पुगेर बहुलाएको कुकुरले सनवाङको वडा नम्बर ३ मा गोपाल परियार र ५ मा गोपाल बोहोरालाइ टोकेर घाइते बनाएको सिनवाङबाट चन्द्रभान विकले जनाउनुभयो । घाइतेलाइ उपचारको लागी दाङ तर्फ लैजाने तयारि भइरहेको छ ।
यस्तै सिनवाङ ४ मा बौलाएको कुकुरले चन्द्रभान विकको ६ बाख्रा, चुडामणि विकका ३ बाख्रा र जित बहादुर बोहोराका ८ वटा बाख्रा र ३ वटा गाइलाइ टोकेको छ । वडा नम्बर ३ मा पनि टिकाराम बोहोराको ३ वटा बाख्रा कुकुरले टोकेर घाइते बनाएको छ ।
गाउँमा बहुला कुकुरले आतंक फैलाउन थालेपछि स्थानीयहरु त्रसित छन् । एउटा बहुलाएको कुकुरलाइ स्थानीयले मारेका छन् । अर्को कुकुर जंगल तर्फ पसेको स्थानीयले बताएका छन् ।

Post a Comment