|
|
|
|
गणेश सिर्पाली/वैशाख १, रुकुम । रुकुममा आजबाट जिल्लाकै ठुलो बुद्धीचाल(चेस) प्रतियोगीता सुरु भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ सम्बृद्ध समाज नेपालले आयोजना गरेको “समृद्ध इन्टरनेशनल रेटिङ चेस टुर्नामेन्ट”को एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नीलम कुमार न्यौपाने र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेमराज पुनले चेसका गोटी चालेर प्रतियोगीताको उद्घाटन गर्नुभएको थियो । खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने मुख्य उद्ेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले बताएको छ । प्रतियोगीतामा ५१ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा २४ जना रेटर रहेका छन् ।
प्रतियोगीतामा फिडे मास्टर मनिष हमाल, वर्तमान नेपाल च्याम्पिएन केशव श्रेष्ठ, पुर्व च्याम्पिएनहरु बद्रिलाल नेपाली र नविन तन्दुकार, केनिडेट मास्टर रिजेन्द्र राजभण्डारी लगाएतका खेलाडीको सहभागीता रहेको छ । प्रतियोगीतामा जिल्लाका विद्यार्थीहरुको पनि सहभागीता छ ।
बैशाख ५ गते सम्म संचालन हुने प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेले १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ ।

Post a Comment