|
|
|
|
बैशाख २, दाङ । दाङमा गयराति टेक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ ।
ज्यान जानेको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनुभएको छ । रोल्पा लिबाङबाट तुल्सीपुरतर्फ आउँदै गर्दा तुलसीपुर नगरपालिका वडानम्वर १ मा पर्ने हर्नेटि र राम्रीको बीचमा पर्ने मोडमा दुर्घटना भएको हो ।

घटना भए लगत्तै प्रहरीको टोलीले त्यहाँबाट १ जना घाइतेलाई अञ्चल अस्पतालमा ल्याएको र उपचारको क्रममा ज्यान गएको बताइएको छ । त्यसैगरी आज बिहान घटना भएको ठाउँबाट झण्डै २ सय मिटर तल भिरमा अर्का १ जनाको शव भेटिएको छ ।
मृतकहरु लु २ त २५५८ नम्बरको टेक्टर चालक र सहचालक हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । -वसन्त परियार, dangkhabarबाट
Post a Comment