Headlines News :
Home » » महिला ट्राफिकलार्इ धम्क्याउँने काङ्ग्रेस सांसद यसरी परे फन्दामा !

महिला ट्राफिकलार्इ धम्क्याउँने काङ्ग्रेस सांसद यसरी परे फन्दामा !

Written By Unknown on Wednesday, April 13, 2016 | 10:46 PM


बैशाख २, काठमाडौँ । ‘हामी को हो चिनिनस् ?’ बा ६५ प ९९१४ नम्बरको निलो पल्सर बाइकका चालक माइतीघरमा ट्राफिक प्रहरी जवान लक्ष्मी लामामाथि खनिए । ती चालक त्यतिमा मात्रै रोकिएनन् र लामाप्रति अझै आक्रमक बने,’बढी हुने होइन, जागिरसमेत खाइदिउँला ।’

चालक रोकिएका मात्रै के थिए, सोही मोटरसाइकलको पछाडि रहेकी महिला ट्राफिक प्रहरीलाई गाली गर्न तम्सिइन्,‘ म सांसद हुँ, सांसदलाई सडकमा रोक्ने तँ को होस् ?’



तब ट्राफिक जवान लामा निरीह देखिइन्। तर, अर्की ट्राफिक प्रहरीले लेन मिचेका ती चालकलाई रोकेर साँचो खोसिन् । मोटरसाइकलको पछाडि रहेकी महिलाले ट्राफिकको विरोध गर्दै तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्याललाई फोन गरिन्। त्यसपछि महानिरीक्षक अर्यालले ट्राफिक महाशाखाबाट यसबारे जानकारी लिएका थिए । त्यसबेला अपराहृन तीन बजिसकेको थियो ।

महाशाखाले लेन मिचेको अभियोगमा कागजात नियन्त्रणमा लिएको स्पष्ट पारेपछि अर्यालले ‘ल ठीकै छ’ भन्दै कारबाही अघी बढाउन संकेत गरे। केही बेरमै भीड जम्मा भइसकेको थियो। ट्राफिक र जनपद प्रहरीका वाकी६कीमा यसबारे खैलाबैला भइसकेको थियो ।

लेन मिच्ने चालकको लाइसेन्स हेर्दा मात्र थाहा भयो, ट्राफिक प्रहरीमाथि जाइलाग्ने सैनिक अस्पतालमा कार्यरत डाक्टर सुजितकुमार ठाकुर र नेपाली कांग्रेसकी सांसद रश्मी ठाकुर रहेछन्। उनीहरु नाताले श्रीमान-श्रीमती रहेको खुलेको छ ।

ट्राफिक प्रहरी हवल्दार शान्ति थापाले लेन अनुशासन उल्लघंन अभियोगमा २०० रुपैयाँ जरिवान हुने गरी पूर्जी काटेर सवारी चालक अनुमति पत्र अाफूसँग राखिन् । -कारोबार दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger