Headlines News :
Home » » यौनसम्पर्क गर्नुअघि यी १५ खाद्य पदार्थ प्रयोग भुलेर पनि नगर्नुहोस !

यौनसम्पर्क गर्नुअघि यी १५ खाद्य पदार्थ प्रयोग भुलेर पनि नगर्नुहोस !

Written By Unknown on Wednesday, April 13, 2016 | 10:44 PM


एजेन्सी । खाद्यपदार्थले मानिसको यौन क्षमतालाई सकारात्मक तथा नकारात्मक रुपमा असर पार्छ । कुन खाद्यपदार्थले सेक्स क्षमतामा वृद्धि गर्छ, कुनले गर्दैन भन्ने मानिसलाई कमैमात्रामा थाहा हुन्छ ।

यदि लामो समयसम्म सेक्स गर्ने चाहना राख्नुहुन्छ भने ब्रोकाउली, तोफु र हटडगबाट टाढै बस्नुहोस् । ब्रोकाउली र तोफु स्वास्थ्यका दृष्टिले राम्रो मानिएपनि सेक्स क्षमता बढाउन यिनीहरु राम्रो मानिँदैंनन् । ‘खाद्य पदार्थले हाम्रो जीवनमा चामत्कारिक प्रभाव पार्छन्, यिनीहरुले हाम्रो भौतिक स्वास्थ्यलाई प्रभाव पार्नेमात्र होइन, भावनात्मक स्वास्थ्यमा पनि प्रभाव पार्छन् ।’ पोषणविद् इलियस बस्किसको भनाई छ ।



उनका अनुसार मानिसको यौन क्षमतालाई विभिन्न बाह्य कुरा, तनाव, थकान, आर्थिक तनावलगायतका कुराले असर गर्छन् । सामान्यतः ताजा खाना, फलफुल तथा तरकारीले मानिसको मूडलाई प्रोत्साहित गर्छन् र इनर्जी लेभललाई पनि बढाउँछन् । तोफु, सिमी, ब्रोकाउली तथा ओटमिल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छन् । तर, जब बिछ्यौनाको कुरा आउँछ, यिनीहरु उपभोग्य हुँदैंनन ।

अर्थात् यिनीहरुले मानिसको सेक्सक्षमतामा नकारात्मक असर पार्छन् । यद्यपि ब्रोकाउलीमा भिटामिन ए र भिटामिन के प्लस प्रशस्त मात्रामा पाइन्छ । यसका अतिरिक्त यो म्याग्नेसियम, क्याल्सियम, म्याङगानिज, पोटासियम र आइरनयुक्त हुन्छ ।

जेठीमधु (एक प्रकारको जडिबुटी) मा हुने गुलिया वस्तुले टेस्टोस्टेरोनको तहलाई घटाउछ । यसका साथै चिजजस्ता डेरीजन्य पदार्थ पनि सेक्सका लागि राम्रा मानिँदैंनन् ।

त्यसैले सेक्सअघि यी पदार्थबाट टाढै रहनुहोस्
१. चिज
२.सिमी
३. चकलेट
४. हट डग
५. टनिक वाटर
६. फ्रेन्च फ्राइ
७. रातो मासु
८. तोफु
९. क्यानमा राखिएका खाद्यपदार्थ
१०. रेड वाइन
११. ओटमिल
१२. इनर्जी ड्रिङकस
१३. ब्रोकाउली
१४. पिपरमिन्ट
१५. कालो जेठीमधु (एक प्रकारको जडिबुटी)
डेलीमेलबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger