Headlines News :
Home » » सातवर्ष देखि निशुल्क चिसो पानी वितरण गर्दै आएका दङगाली खड्का भन्छन्: ‘सेवा नै धर्म हो’

सातवर्ष देखि निशुल्क चिसो पानी वितरण गर्दै आएका दङगाली खड्का भन्छन्: ‘सेवा नै धर्म हो’

Written By Unknown on Monday, April 18, 2016 | 5:21 AM


तुलसीपुर ६- बैशाख । दाङ तुलसीपुरका एक समाजसेविले विगत सात वर्ष देखि बटुवाहरुलाई निशुल्क पानी वितरण गर्दै आएका छन् ।

सुख्खा मौसममा बजारमा खानेपानीको विकराल समस्या उत्पन्न हुने हुँदा त्यसलाई मध्ये नजर गर्दै तुलसीपुर निवासी टेकराम खड्काले विगत सात वर्ष देखि निशुल्क चिसो पानी वितरण गर्दै आएका छन् । उनले आजिवन पानी वितरण गर्ने वताए ।

तुलसीपुर स्थित एकान्त होटलका सञ्चालक खड्काले तुलसीपुरको वीपी चोकमा दैनिक तीन जना कर्मचारी सहित आफुपनि खटिएर निःशुल्क खानेपानी वितरण गदै आएका छन् । जहाँ पानी खाने वटुवाहरुको भिड लाग्ने गरेको हुन्छ ।



यसरी सर्वसाधरणलाई पानी वितरण गर्दा उनको दैनिक सालाखाला तीन हजारको हाराहारीमा खर्च हुने गरेको छ । ‘बजारमा आएका सर्वसाधारणहरुलाई मध्य लक्षित गरी निशुल्क पानी वितरण सेवा सुरु गरेको खड्काले बताए । उनले भने ‘सेवा नै धर्म हो, धर्म कमाउन टाढा जानु पर्दैन , मन्दिर वा मस्जित धाउन जरुरी छैन ।’ विगत सात वर्ष देखि वैशाख महिना देखि निशुल्क पानी वितरण गर्दै आएका उनले मौसम अनुसार असार महिना सम्म यसरी पानी वितरण गर्दै आएका छन् ।

‘दैनिक ३ जना मानिसहरु र मैले पानी वितरण गर्ने गरेका छौं,पानी खानेहरुको भिड थामी नसक्नु हुन्छ , दैनिक दुईहजार बढीले पानी खानुहुन्छ उनले भने ।’ खड्काका अनुसार वजारमा आएका व्यक्तिहरु पानी किनेर खानुपर्ने र सार्वजनिक धाराहरु नभएका कारण त्यसलाई मध्य नजरगदै आफुले निःशुल्क पानी वितरण सेवा दिएको बताए ।

खड्का आफै दिनभर वसेर वजारमा हिडने बटुवाहरुलाई बोलाई बोलाई पानी वितरण गर्ने गरेका छन् । उनले आफुले आजिवन आफु वाच्दा सम्म यसरी नै गर्मी यामभरी पानी वितरण गर्दै आएका छन् । खड्काले विहान ९ वजे देखि साँझ ६ वजे सम्म दैनिक पानी वितरण गदै आएका छन् । बालाराम खड्का, तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger