Headlines News :
Home » » दाङमा प्रादेशीक राजधानी बन्छ, त्यसैले भौतिक संरचना निर्माणमा ध्यान दिनुहोस्

दाङमा प्रादेशीक राजधानी बन्छ, त्यसैले भौतिक संरचना निर्माणमा ध्यान दिनुहोस्

Written By Unknown on Tuesday, May 10, 2016 | 4:54 AM


घोराही, बैशाख २८ । नेपाल होटेल तथा रेष्टुरेष्ट महासंघ नेपालका सस्थापक अध्यक्ष माधवकुमार नेपालले होटेल व्यवसाय व्यवस्थित र मर्यादित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।  होटल व्यवसायी संघ दाङले मगलबार घोराहीमा गरेको कार्यक्रममा बोल्दै नेपालले होटेल व्यवसायीहरु राज्यले ऐननियमको आधारमा रहेर होटल व्यवसाय सञ्चालन हुनुपर्ने बताउनुभएको हो ।


   
होटेल व्यवसायीहरुको स्तरोन्नतिका साथै व्यवस्थित रुपमा सञ्चालन गर्नसकेमा व्यवसायीक सफलतासँगै होटेल व्यवसायहरुको इज्जत समेत बढ्ने उहाँ बताउनुभयो । केही होटेल व्यवसायिका कारण सम्पूर्ण होटेल व्यवसायको बदनाम हुने गरेको भन्दै संस्थापक अध्यक्ष नेपालले त्यस्ता गतिविधिहरुबाट होटेल व्यवसायीहरु सजक रहनुपर्ने बताउनुभएको थियो ।

त्यस्तै राज्यले देशको आर्थिक विकासको मेरुदण्डका रुपमा पर्यटन क्षेत्रको विकास लागि होटेल व्यवसायीको महत्वपूर्ण हात हुने भन्दै नेपालले होटेल व्यवसायको विकासका लागि जिल्लाको प्राकृतिक मनोरम दृष्यका साथै धार्मिक पर्यटनका क्षेत्रको पहिचान गरेर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

त्यस्तै नेपालले प्रादेशीक राजधानी दाङ बन्ने सम्भावना रहेको भन्दे त्यसका लागि होटेल व्यवसायीहरुले होटेलहरुको स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभएको थियो । अहिलेको होटेल संरचनाले धान्न नसक्ने भन्दै दाङमा स्टार लेवलका होटेलहरुको विकास हुनुपर्ने भन्दै नेपालले त्यसका लागि होटेल व्यवसायीहरुको सामुहिक लगानीको आवश्यकता रहेको बताउनुभएको थियो । होटेल व्यवसायको प्रबद्र्धनका लागि सामुहिक लगानीको माध्यमबाट फरक–फरक समुदायको पहिचान झल्कने गरी होटेल व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो ।

त्यस्तै होटेल व्यवसायलाई बालश्रम मुक्त बनाउनका लागि होटेल व्यवसायीहरु स्वयं सजक बन्नुपर्ने बताउनुभएको थियो । होटेल व्यवसायलाई बालश्रम र यौनमुक्त बनाउनुपर्ने बताउनुभएको थियो ।

होटेल व्यवसायी संघ दाङका अध्यक्ष रुद्रबहादुर डाँगीको अध्यक्षता तथा उपाध्यक्ष एकराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा होटेल व्यवसायी संघका निवर्तमान अध्यक्ष जीतबहादुर केसी, पूर्व अध्यक्ष मुक्ति खरेल, सल्लाहकार नेत्र दाहाल, नेपाल पत्रकार महासंघ दाङका सदस्य आरके सितललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघकी सांस्कृतिक सचिव देवकला बस्नेतले गर्नुभएको थियो । दाङखबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger