Headlines News :
Home » » दाङमा भएका छुट्टाछुट्टै ५ सवारी दुर्घटनामा एकको मृत्यु, ११ घाइते

दाङमा भएका छुट्टाछुट्टै ५ सवारी दुर्घटनामा एकको मृत्यु, ११ घाइते

Written By Unknown on Tuesday, May 10, 2016 | 4:44 AM


दाङ, २८ बैशाख । दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

तुलसीपुरमा स्कार्पियो र मोटसाइकल ठोक्किदा मोटरसाइकल चालक तुलसीपुर उरहरीका २१ वर्षिय विजय धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।



अमेलियावाट तुलसीपुर आउँदै गरेको ग २ च १०४४ नम्वरको स्कार्पियो र तुलसीपुरवाट सितलपुरतर्फ जाँदै गरेको रा २ प ८१६ नम्वरको मोटरसाईकल तुलसीपुर १२ हरिपौरी स्कूल नजिकै एक आपसमा ठोक्किको प्रहरीले वताएको छ । दुर्घटनामा गम्भिर घाइते धितालको उपचारको क्रममा राप्ती अन्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

आज विहान १० वजेर ५० मिनेटमा भएको उक्त दुर्घटनामा परी मोटरसाइकल पछाडी सवार घोराही निवासी मनिस लामिछाने घाईते हुनुभएको छ । घाईते लामिछानेको अन्चल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, लक्ष्मिपुर गाबिस १ चौपट्टा ओरालोमा साईकलबाट लड्दा लमही नगरपालिका १० बस्ने २२ बर्षका बासुदेब धिताल घाईते हुनुभएको छ ।

यस्तै, यस्तै देउखुरीको लालमटियामा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते हुनुभएको छ । लमहीबाट भालुवाङतर्फ जादै गरेको रा ३ प १२६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपसुर सिम भञ्जाङ ४ बस्ने २५ बर्षिय जोक बहादुर योञ्जन घाईते हुनुभएको हो । यस्तै लालमटियामै भएको अर्को सवारी दुर्घटनामा ५ जना घाईते भएका छन् । 

लालमटिया ३ बर्बासको प्युठान रोडमा बगरसोतिबाट भालुवाङ आउदै गरेको रा १ त १४३४ नम्बरको ट्रयाकर अनियन्त्रित भई पल्टिदा ५ जना महिला घाईते भएको भालुवाङ प्रहरीले जनाएको छ । यसैगरी, देउखुरीको सतवरियामा ट्रकको ठक्करवाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन । पुर्ववाट पश्चिम जाँदै गरेको ना २ ख ४७१३ नं को ट्रकले रा १ प २३१ नं को मोटरसाइकललाइ सतवरिया २ वनघुस्री चोकमा आज विहान मोटरसाइकलाइ ठक्कर दिएको थियो ।

ट्रकको ठक्करवाट मोटरसाइकल चालक सतवरिया २ वनघुस्रीका १९ वर्षिय दामोदर पुन मगर, लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदी, उहाकी श्रीमती नारायणी सुवेदी घाईते हुनुभएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार घाइते तीनै जनाको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाईते तीनै जनाको खुट्टा भाँचिएको प्रहरीले जानकारी दिइएको छ । ठक्कर दिने चालक र ट्रक वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger