Headlines News :
Home » » दाङमा १८ वर्यीय किशोरी सामुहिक बलात्कारको सिकार यसरि भईन !

दाङमा १८ वर्यीय किशोरी सामुहिक बलात्कारको सिकार यसरि भईन !

Written By Unknown on Wednesday, May 11, 2016 | 4:54 AM


वैशाख २९, दाङ । तुलसीपुरमा एक जना किशोरीको सामुहिक बलात्कार भएको प्रहरीले बताएको छ । दाङको तुलसीपुर  नगरपालिका १९ कटाँहामा १८ वर्षीया युवतीलाई बलात्कार पछि धारिलो औजार वा व्लेडले योनी काटेको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।



उनको योनी व्लेड वा धारिलो औजारले काटेको देखिएको र त्यसबाट उनको अत्याधिक रक्तस्राव भएको जानकारी उपचारमा सम्लग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। १५ गते राति घरमा सुतिरहेकी किशोरीलाई अपरिचित युवाहरुले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए। प्रहरीले किशोरीले पहिला आफ्नो प्रेमीलाई घरमा प्रवेश दिएपछि अन्य यूवाहरु पनि घुसेको हुन सक्ने र उनीहरुलेनै बलात्कार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

त्यही क्रममा किशोरीले प्रतिरोध गरेपछि युवाहरुले व्लेड वा धारिलो औजारले उनको यौनी चिरेको हुन सक्ने आशंका व्यक्त गरेको छ। घटनाको १४ दिन पछि मात्रै किशोरीको बलात्कार भएको पुष्टि भएको प्रहरीले बताएको छ। ल्याव परीक्षणको रिपोर्ट आउन समय लागेकोले घटना ढिलागरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले बलात्कार भन्दा पनि अवैद्य गर्भ फाल्न ती किशोरीले औषधी खाँदा बढी ब्लडिङ भएको हुन सक्ने आशंका व्यक्त गरेको थियो। तर किशोरीका बाबु भारतवाट आएर आफ्नी छोरीमाथि बलात्कार भएको किटानी जाहेरी दिएपछि प्रहरीले स्थानीय एकजना युवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो। अनुसन्धानबाट ती किशोरीको सामुहिक बलात्कार भएको खुल्न आएको ईप्रका तुलसीपुरका प्रमुख प्रसाँईले जानकारी दिए।

१५ गते मध्यरातमा १८ वर्षीया किशोरी माथि सामुहिक बलात्कार गरेको खबर पाएलगतै प्रहरीले ती युवतीको उद्धार गरी राप्ती अञ्चल अस्पतालमा लामो समय उपचार गराएको थियो।
घटनामा संलग्न अन्य युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ। नारायण खड्का, setopatiबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger