Headlines News :
Home » » पुरुषको कारण लाग्ने गर्छ महिलाको पाठेघरमा क्यान्सर !

पुरुषको कारण लाग्ने गर्छ महिलाको पाठेघरमा क्यान्सर !

Written By Unknown on Wednesday, May 11, 2016 | 10:51 PM


पुरुषहरुकै कारण महिलाहरुमा धेरै पाठेघरको क्यान्सर हुने बताइएको छ । धेरै अशुरक्षित शारीरिक सम्पर्कमा आउने महिलाहरुको  पाठेघरको मुखमा संक्रमण हुने गरेको पाइएको छ ।

शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण  पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यानदिनुपर्ने र धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्न नहुने डाक्टरहरु बताउछन ।

शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने गरेको छ । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत गर्छ ।



खतरा कुन उमेरका महिलाई ?

सानै उमेरमा बिबाह गरेका र धेरै बच्चा जन्माउनेलाइ यस्तो समस्या देखिने गरेको पाइएको छ । शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लग्न सक्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिलाहरु जसको विहे भैसकेको उनीहरुलाई पनि लाग्ने गर्छ ।

बिशेषगरि यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई धेरै यो समस्याले छुने गरेको छ । लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ । जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।

यसका लक्षण कस्ता हुन्छन ?


पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ । रगत मिसिएको पानी बग्ने,महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने, पेट फुल्ने, गन्हाउने पानी बग्ने, संक्रमण भैरहने, खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।

यसबाट कसरी बच्ने ?

पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।

यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।

यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ । एजेन्सीको सहयोगमा

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger