|
|
|
|
![]() |
| फाइल फोटो: केहि दिन अघि कालाखेतमा भिषण पानी पर्दा सडकमा ल्याएको बालुवा ! तस्बिर: शीभराज अधिकारि, सल्यान |
वाफुखोला, शिवरथ, कोटवारा, दार्मकोट, ढाकाडाम भल्चौर लगायतका गाऊ विकास समितिमा भिषण वर्षा भएको छ । लामो समय सम्म खडेरी परेका सल्यानका उत्तरी गाविसमा आज भिषण वर्षा भएको छ । आधा घण्टा परेको भिषण वर्षाले वाफुखोलो दोभान वजार का ११ वटा पसलहरुमा क्षति पुर्याएको छ ।
वजार नजिकको खोला वढेर वजारमा पसेको छ । खोला वजारमा पस्दा पसलमाहरु क्षति पुगेको छ । राजेश डाँगी र रामप्रसाद शर्माका एक-एक वटा मोटरसाईकल वगाएको छ । यस्तै वाफु खोलामा रहेको विजय लाघुजलाबिधुतमा समेत क्षति भएको महेश वलीले जनाएका छन्. । फनिर्चर उद्योग, केही घट्टहरु पनि वगाएको छ वली ले भने– पानी धेरै ठुलो परेको छ । कहाँ के क्षति भएको छ । अहिले भन्न सकिने अवस्था छैन् । -प्रतिक शर्माको फेसबुकबाट

Post a Comment