Headlines News :
Home » » नगर भवन यथास्थानमै बनाउन हापुरबासीको माग

नगर भवन यथास्थानमै बनाउन हापुरबासीको माग

Written By Unknown on Thursday, May 12, 2016 | 6:02 AM


आरके सितल/घोराही ३०, वैशाख । हापुरबासीले त्रिपुर नगरपालिकाको भवन साविक नारायणपुर गाविस रहेको स्थानमै हुनुपर्ने माग गरेका छन् ।

हापु्र सरोकार समितिले बुधवार हापुरको बिजौरीमा आयोजना गरेको वृहत कार्यक्रममा सहभागी स्थानीयलेवासीले नगरपालिकाको भवन मन्त्री स्तरिय निर्णय अनुसार नै निर्माण गरिनुपर्ने माग गरेका हुन । त्रिपुर नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का बासिन्दाहरुले नियम विपरित र नगरबासीहरुको इच्छा विपरित नगरपालिकाले आफू खुसी भवन निर्माण गर्न नपाउने बताए । त्यसो भए चरणवद्ध आन्दोलनमा उत्रने उनीहरुले चेतावनी पनि दिए ।



हापुरेवासीको भेलाले साविक नारायणपुर गाविस रहेको स्थानमा भवन निर्माण गर्नका लागि दबाब दिने निर्णय पनि गरेको छ । जेष्ठ नागरिक जागेश्वर दाहालको अध्यक्षता एवं त्रिपुर सरोकार समितिका संयोजक गोपालप्रसाद लम्सालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी निर्मल न्यौपानेले विषयवस्तु बारे र नगरपालिका भवन निर्माण जग्गा व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) ले कार्यक्रमको उदेश्यवार जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस त्रिपुर सभापति दिपक पाण्डे, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनधि भरतबहादुर न्यौपाने, नारायणपुर नगर विकास समितिका अध्यक्ष प्रकाशकुमार न्यौपाने, काँग्रेस त्रिपुरका सदस्य भिमसेन बस्नेत, नेकपा एमालेका कुलबहादुर लामीछाने, राप्रपाका प्रेमबहादुर न्यौपाने, भानु गौतम, त्रिपुर सरोकार समितिका प्रवक्ता टिकादत्त खनाल (सागर), सचिव गंगाराम आचार्यलगायत हापुरबासीहरुले नियम अनुसार नै साविक नारायणपुर गाविस रहेको स्थानमा त्रिपुर नगरपालिकाको भवन निर्माण गर्नुपर्ने माग गरेका थिए ।

त्यस अवसरम अधिवक्ता रेवतिरमण भट्टराई र प्रविण लम्सालले भवन निर्माण सम्वन्धि कानुनी प्रक्रीयाका बारेमा जानकारी गराएका थिए ।

प्रशासन र जिविसमा डेलिगेशन जाने

त्रिपुर नगरपालिको भवन साविक नारायणपुर गाविस रहेको स्थानमा निर्माणगर्नुपर्ने माग गर्दै नगरबासीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा ज्ञापनपत्र बुझाउने भएका छन् ।

त्रिपुर सरोकार समितिको नेतृत्वमा भोली विहीवार दिउसो जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा ज्ञापनपत्र बुझाउने समितिका प्रवक्ता सागर खनालले जानकारी दिए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger