|
|
|
|
अघिल्लो हप्तादेखि एकाएक गर्मी बढेसँगै जिल्लामा पालिएका कुखुराहरु मर्न थालेको समाचार आजको गोरक्ष दैनिकले छापेको छ ।
गर्मी समयमा स्वासप्रश्वासका कारण कुखुरा मर्ने पशु चिकित्सकहरुले जनाएका छन् । यता कुखुरा मर्न थालेपछि मासुको मूल्य प्रभावित बन्दै गएको छ ।
पछिल्लो समयमा ३ सय २० पुगेको मासुको मूल्य कुखुरा मर्न थालेसँगै मासुको मूल्य २ सय ८० मा झारेर मासु बिक्री गरिहेको तुलसीपुर कुखुरा व्यवसायी समितिका कोषाध्यक्ष वसन्त खड्काले बताउनुभयो ।

Post a Comment