|
|
|
|
टोललाई आज सोमवार एक कार्यक्रमको आयोजना गरि धर्म परिवर्तनमुक्त टोल घोषणा गरिएको हो । टोललाई हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले बोर्डको उद्घाटन गरेर धर्म परिवर्तनमुक्त टोल घोषणा गरेकाहुन । टोलमा सोमवार आयोजना गरिएको भव्य कार्यक्रममा उनले वोर्डअनावरण गरी धर्मपरिवर्तन मुक्त टोल घोषण गरेकाहुन । टोलको उत्तर र दक्षीणमा बोर्ड राखीएको छ ।
टोलमा ६० घरपरिवार रहेका छन् । कार्यक्रममा बोल्दै हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष उपाध्यायले धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्ने कार्य नेपालमा पहिलो भएको बताए । साथै यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।
गरिब, दलित र स्वास्थ्यको बहानामा धर्म परिवर्तन भईरहेको भन्दै उनँले धर्म परिवर्तनको नाममा आर्थिक चलखेल पनि भईरहेको बताए । हिन्दु धर्म बचेमात्र देश बच्ने भन्दै उनले धर्म रक्षामा लाग्न सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरे । जनजातिहरुलाई विभिन्न बहानामा धर्म परिवर्तन गराई द्धन्द्धको स्थिति आउन सक्ने उनले वताए ।
मजबचmबहिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारीको अध्यक्षता एवम हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्यायको प्रमुख आतिथ्यतामा भएको किार्यक्रममा हिन्दु जागरण नेपाल एवं भागवत प्रचारप्रसार समितिका कार्यक्रम संयोजक राधा रिमाल, हिन्दु जागरण युवा संघका अध्यक्ष पदम कुवर, उपाध्यक्ष यम विष्ट, हिन्दु जागरण दाङका महिला विभाग अध्यक्ष रुपा वली, थारु विभाग अध्यक्ष मंगल चौधरी, ईन्द्रेणी टोलका अध्यक्ष कृष्णा राना लगायतले आफ्नो भनाई राखेकाथिए ।
कार्यक्रममा सहभागी टोलबासीहरुले टोलमा धर्म परिवर्तन गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । हिन्दु जागरण नेपाल घोराहीका अध्यक्ष डम्मरुप्रसाद निरौलाले स्वागत वाट सूरुभएको कार्यक्रमको सहजिकरण हिन्दु जागरण नेपाल दाङका सचिव केशव केसीले गरेकाथिए ।


Post a Comment