|
|
|
|
मंगलबार अबैध गिट्टि, बालुवा र रोडा उत्खन्न गरिरहेका दुई वटा जेसीबि, ३ वटा टिप्पर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको वाईसिएल दाङका सह ईन्चार्ज आजाद खड्काले जानकारी दिनुभयो ।
नियणत्रणमा लिएका जेसिबि ,टिप्पर र ट्याक्टर पत्रकार सम्मेलन गरी आजै ईलाका प्रशासन कार्यलय तुलसीपुरमा हस्तान्तरण गर्ने सह ईन्चार्ज खड्काले बताउनुभयो ।
सोही खोलामा अबैध गिट्टि, बालुवा र रोडा निकासी हुदा खानेपानीका मुहानहरु सुक्ने समस्या देखा परेको त्यहाँका स्थानियले गुनासो गरेका छन् । त्यहाँ मुहान सुके संगै पिउने पानीको हाहाकार छ ।
अबैद्य गिट्टि, बालुवा र रोडा निकासी हुदा त्यहाँको १ लाख ५० हजारको खानेपानी योजना पनि अलपत्र परेको स्थानियले बताएका छन् ।
वाईसिएल दाङले दाङका बिभिन्न खोलाहरुमा भईरहेको ढुङ्गा जन्य बस्तु उत्खन्न रोक लगाउने लक्ष्य लिएको छ । अहिले दाङका बिभिन्न खोलामा अबैध ढुङ्गा जन्य बस्तु निकासी भईरहेका छन् । खबरटोकरीबाट

Post a Comment