|
|
|
|
वर्षापछि जिल्लाको ४० प्रतिशत भूभागमा मकै खेती लगाइ सकिएको र उक्त क्रम जारी रहेको जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख श्रीधर ज्ञवालीले व्यक्त गरे । उनले यो पटक कृषि कार्यालयले विउ उत्पादनमा किसानलाई ५० प्रतिशत अनुदानमा मकैको विउ वितरण गरेको जानकारी दिए ।
५ सय हेक्टर जमिनमा विउ उत्पादनका लागि रामपुर कम्पोजिट र अरुण २ मकैको विउ किसानलाई ४५ रुँपैया प्रतिकिलो दरले वितरण गरेको कृषि विकास कार्यालय दाङका प्रमुख ज्ञवलीले वताए । जिल्लाका लागि सरकारले हाईव्रेड मकै विक्रि वितरणमा प्रतिवन्ध लगाए पनि एग्रोभेटहरुले चर्काे मुल्यमा हाईव्रेड मकै विक्रि गर्दै आएकोले सचेत रहन किसानलाई आग्रह गरिएको छ ।
रामपुर कम्पोजिट र अरुण २ जस्ता मकैको जातहरु जिल्ला कृषि कार्यालयले सिफारिस गरेको छ । यी दुई जातको मकैको विउ विक्रिका लागि वालि विकास निर्देशनालयले समते स्विकृती दिएको छ । तर अवैद्य तरिकाले हाईव्रेड मकैका विउहरु एग्रोभेटहरुले विक्रि गर्दै आएकोले समस्या भएको कार्यालय प्रमुख ज्ञवालीले बताए ।
किसानलाई सहुलियमा रामपुर कम्पोजिट र अरुण २ प्रति किलो ४५ रुपैयामा विक्रि गर्दै आएको उनले बताउ । यस वर्ष जिल्लमा स्वदेशी हाईव्रेड र उन्नत विउ वितरणका लागि ५० प्रतिशत अनुदानमा किसानलाई विउ वितरण गरिदै आएको छ ।
कार्यालय प्रमुख ज्ञवलीका अनुसार ११ मेट्रिक टन मकैको विउ ९० रुँपैया प्रतिकिलोको दरले खरिद गरी किसानलाई ४५ रुपियाँ किलो वितरण गरीएको छ । अनुदानमा मकैको विउ प्राप्त गरेका किसानले उत्पादित मकैको विउ आउँदो वर्ष कृषि विकास कार्यालयलाई दिने शर्तमा उपलब्ध गराइएको हो ।
कार्यालयका सूचना अधिकारी भरत पोख्रेलले कार्यालयले जिल्लाका किसानलाई १६ मेट्रिक टन विउ वितरण गर्न लागेको छ । किसानलाई ९ मेट्रिक टन मकैको विउ वितरण गरि सकेको पनि उले बताए । जिल्लामा २३ हजार ४ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।
यस वर्ष २३ मेट्रिक टन मकै उत्पादन हुने लक्ष्य सहित मकैको विउ वितरण गरिएको सूचना अधिकारी पोख्रेलले बताए । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएका पश्चिम दाङको शान्ती नगर , वाघमारे , पञ्चकुले , धनौरी , पवन नगर , हेकुली र श्रीगाँउ लगाएतका क्षेत्रमा करिव ६० प्रतिशत मकैको खेती सकिएको सूचना आफूले पाएको सूचना अधिकारी पोख्रेलले बताए । तुलसीपुर अनलाइनबाट साभार

Post a Comment