|
|
|
|
करिब ४५ मिनेट परेको अविरल वर्षपछि बाखुखोलामा आएको बाढीले बगाउँदा जिनाबाङ–१ को बाखु खोलामा बाढी आउदा घरमा बसी रहेका जिनाबाङ–१ का ७० वर्षीय बृद्ध टेकबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव मछामुल नजिकै खोला किनारमा भेटिएको हो । उनको शव पोष्ट मार्टमका लागि आज जिल्ला अस्पताल रेउघा पठाइएको छ ।
बाढीले जिनाबाङ–१ सुख्खा ओडारका सुरेन्द्र परियारको चार वटा बंगुर सात सय कुखुरा बगाई दिएको छ । त्यस्तै बाढीले जिनाबाङ–१ कै गुन्जबहादुर पुनमगरको पाँच वटा बंगुर, बीरबहादुर वलीको दुई वटा बंगुर र भुपाल परियारको १५ वटा बंगुर पनि बगाएको प्रहरीले जनाएको छ ।
यस्तै सडक किनारमा अड्याएर राखेको ना ३ ख ८१८२ राप्ती सार्बजनिक यातायातको बस र लु २ त ८४४५ नम्बरको ट्याक्टरलाई समेत बगाएको छ । ट्याक्टर बगाएर करीब २ सय मिटर तल लगेको र बसलाई ५ सय मिटर तल पुर्याएको सल्यान रुकुम यातायात ब्यबसायी समिति रोल्पाका कर्मचारी टेकम चन्दले जानकारी दिए ।
त्यस्तै चार वटा फेन्सी किराना पसल, दुई वटा औषधी पसल, एक वटा मोबाइल पसल, एक वटा भाडा पसल, तीन वटा फेन्सी पसल, आठ वटा होटेल, एक वटा पशु सेवा उपकेन्द्र, पाँच वटा टेलर, दुई वटा कस्मेटिक पसल, एक वटा रक्सी डिलर, दुई वटा फ्रेस हाउस, दुई वटा खाद्यान्न किराना पसल र एक वटा इलेक्ट्रोनिक पसलमा पनि क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बाढीले सुख्खा ओडारमै रहेको प्रहरी चौकीको भाडा कुडा र मेस समेत बगाएको छ । क्षतिको एकिन विवरण अझैं प्राप्त हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
तस्बिर: प्रकाश हमालको फेसबुकबाट




Post a Comment