|
|
|
|
चोरले एकाउन्ट शाखाको ढोका फोरेर पाँच लाख नगद चोरी लगेको विद्यालय प्रशासनले जनाएको छ । शुक्रवार उक्त विद्यालयमा संकलन भएको उक्त परिमानको रकम समय अभावले बैंकमा जम्मागर्न नपाएको र शनिवार राति एकाउन्ट रुमको ताल्चा फोडेर पाँचलाख नगद चोरी भएको जाहेरी आएको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँई र ज्ञानज्योतिका प्राचार्या एवं संस्थापक सुरेन्द्र जिसीले चोरी चिरपरिचित र चिनजानका व्यक्तिले गरेको हुनसक्ने आशंका व्यक्त गरे ।
डिएसपी प्रसाँईले घटनावारे केहीलाई अनुसन्धान र सोधपुछ सुरु गरिएको जानकारी दिँदै चोरीमा सम्लग्न व्यक्ति छिट्टै सार्वजनिक गरिने बताए ।

Post a Comment