|
|
|
|
प्रहरीले पवननगर, शान्तिनगर, तुलसीपुरको कट्कुइयाँ, विजौरीकोको कुटीचौर, गोल्टाकुरी, बाघमारे र बेलगनारलाई संवेदशीलको सुचीमा राखेको छ । यसैक्रममा प्रहरीले हिजो तुलसीपुर २० बेलगनारमा अपराध नियन्त्रणका लागि जनताको बस्तीमा भेटघाट गरेको छ । सो अवसर स्थानीयले सोही गाउँ निवासी जीवराज चौधरीले केहि समययता मदिरा सेवन गरेर श्रीमती द्रुपती चौधरीलाई चरमशारिरीक र मानसिकयता दिने गरेको बताए पछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीमानको चरम शारिक याताना सहन नसकेर आत्महत्याको प्रयास गरेकी द्रुपतीलाई आफूहरुले बचाएको भन्दै स्थानीय शर्मीला चौधरीले यस्तो कार्य नरोकिएमा दु्रपतीले आत्महत्या गर्नसक्ने भन्दै प्रहरीलाई जानकारी दिएपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । स्थानीयका अनुसार श्रीमानले आफूलाई कुटेको हो, भन्न समेत डराउने पीडित महिलालाई पाइपले मरनसन्न हुनेगरी कुटपिट गर्ने गरेका छन् ।
त्यसैगरी नागरिकले कार्यक्रममा नागरिकहरुले समाजमा हुने, बालयौन शोषण, बालविवाह, महिला हिंसा, अवैध मदिरा बेचबिखन, जुवातास चोरी डकैती, लुटपाटजस्ता आपराधिक क्रियाकलापले समाज आक्रान्त भएको भन्दै आफूहरुको सुरक्षाका लागि प्रहरी चौकी राखीदिन माग समेत गरेका थिए ।
स्थानीय नागरिक वडामञ्चका उपसंयोजक सुमित्रा न्यौपानेको अध्यक्षतामा भएको बस्ती भेटघाट कार्यक्रममा ईलाका प्रशासन कार्यालय तुलसीपुरका यादव भुसाल, ईप्रका तुलसीपुरका प्रहरी निरीक्षक खिमानन्द अधिकारी, बाल अधिकारकर्मी नवराज लामिछाने, देवा बस्नेत, बसन्त खड्की, तिलकबहादुर बस्नेतलगायतले बोल्नुभएको थियो । सो अवसरमा हेमराज गन्धर्वको बाद्यवादनको सहयोगमा गायककार सुशील दुखीले चेतनामुलक गीत तथा प्रहरी जवान रमेश विसी र कमला क्षेत्रीले नृत्य प्रस्तुत गर्नुभएको थियो । ओपेन्द्र बस्नेत, बाट

Post a Comment