Headlines News :
Home » » राप्तीको यातायात ठप्प, यात्रुको बिचल्ली

राप्तीको यातायात ठप्प, यात्रुको बिचल्ली

Written By Unknown on Friday, May 6, 2016 | 11:50 PM


तुलसीपुर,२५-बैशाख । नेपाल यातायात राष्ट्रिय महासंघ राप्तीले राप्ती अञ्चलमा सार्वजनिक सवारी ठप्प पारेको छ ।

अञ्चल संयोजक भरत नाथ योगी र राप्ती अञ्चल सार्वजनिक यातायात समितिका अध्यक्ष सुरेश हमाल लगायतका पदाधिकारीलाई प्रहरीले लक्षित गरी आक्रमण गरेको आरोप लगाउँदै राष्ट्रिय महासंघले राप्तीको सार्वजनिक यातायात ठप्प पारेको जनाएको छ ।



मालिका कालिका यातायात प्रालि र राप्ती समितिका विचमा वस सञ्चालनको विषयमा विवाद उत्पन्न रहँदै आएको छ । तर प्रहरी प्रशासनले वल प्रयोग आवश्यक नै रहेको अवस्थामा पनि राष्ट्रिय महासंघका अञ्चल संयोजक योगी र राप्ती समितिका अध्यक्ष लगाएत कर्मचारीलाई अनावश्यक वल प्रयोग गरेको पत्रकार सम्मेलनमा आरोप लगाइएको छ ।

प्रहरीको लाठी चार्जवाट अध्यक्ष हमाललको टाउको फुटेको छ भने अर्का कर्मचारी विरेन्द्र केसीलाई पनि टाउको गंभिर चोट लागेको छ । केसीलाई थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।

त्यसको विरोधमा अर्का सूचना नहुदा सम्म राप्तीको यातायात सञ्चालन नहुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यातायातका साधन सञ्चालमा नआउँदा यात्रुले भने सास्ती खेप्नु परेको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger