|
|
|
|
रझेना निवासी १४ वर्षीया ती बालिका तुलसीपुर १२ पढ्ढामा अन्टीको घरमा दूध छोडेर घर फर्कने क्रममा शनिवार साँझ सातबजेतिर बलात्कारको प्रयास भएको आफन्तले जानकारी दिएका छन् ।
बालिका दूध पु-याएर फर्कदै गर्दा रझेनाको इट्टा भट्टा नजिकै स्थानीय १८ वर्षीया कमल परियारले बलात्कारको प्रयास गरेको आरोपसहित बालिकाका आफन्तले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन् ।
झुसमुसे साँझमा बालिका एक्लै भएको मौकाछोपी परियारले जवरजस्ती समातेर दोपट्टाले मुख बुझि घिसार्दै इट्टा भित्र लगेर बलात्कारको प्रयास गर्र्दै गर्दा एकजना मानिस उक्त वाटो हुँदै आएपछी परियार बालिकाको दोपट्टा लगेर भागेको पिडित पक्षले बताएको छ ।
पिडित पक्षले दोषी परियारलाई आवश्यक कानुनी कारवाहीको माग गर्दै जाहेरी दिएका छन् । घटनावारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिए । आरोपित परियार भने फरार छन् । -तुलसीपुर अनलाइनबाट

Post a Comment