Headlines News :
Home » » स्थानको विवादले बबईमा पुल निर्माण कार्य रोकियो

स्थानको विवादले बबईमा पुल निर्माण कार्य रोकियो

Written By Unknown on Monday, May 16, 2016 | 5:32 AM


प्रेमबहादुर राम्जा, दाङ, जेठ ३ ।  पुल कुन स्थानबाट निर्माण गर्ने भनेर सर्वे गर्ने क्रममा विवाद भएको छ । पञ्चकुलेको बबई नदीमा पक्की पुल निर्माणका लागि सर्वेको अन्तिम काम हुन लागेको समयमा स्थानीयबासी बीच विवाद चुलिएको हो ।

फाइल तस्बिर


पुल निर्माणका लागि स्थानीयहरु दुई भागमा बाँडिएपछि समस्या उत्पन्न भएको छ । पञ्चकुलेको वडानम्वर ६ र ८ को बीचमा रहेको बबई नदीमा पक्की पुल निर्माणका लागि सर्वे भएर माटो परिक्षण हुने समयमा विवाद आएको कृष्णपुरका स्थानीयबासी टीका घर्तीले जानकारी दिनुभएको छ । घर्तीले बेलासपुर र कृष्णपुरको बीचमा पुल निर्माण गर्न सबैमा आग्रह गर्नुभएको छ ।

साथै अर्को पक्षले मठेउरा र ढोलपुरको बीचमा रहेको बबई नदीमा पुल निर्माण गर्न आग्रह गरेको छ । मठेउराका स्थानीयबासी प्रमोद बस्नेतले माथिल्लो स्थानबाट पुल निर्माण भएमा धेरै फाइदा हुने बताउनुभएको छ । सडक निर्माण गरेर भए पनि माथिबाट नै पुल निर्माण गर्नुपर्ने बताउनुभयो । तर, टीका घर्तीले तलबाट पुल निर्माण गर्नुपर्ने उपयुक्त हुने बताउनुभयो । तलबाट सडक निर्माण पहिले नै भइसकेकाले पुल निर्माण पनि सहज हुने बताउनुभयो ।

माथिको एक समूहले पुल निर्माणका लागि सडक निर्माण गरेको बताएको छ । साथै तल्लो क्षेत्रमा झुलुङ्गे पुल भएकाले त्यहाँ अर्को पुलको आवश्यकता नपर्ने दावी गर्दै आएका छन् । साथै पुल निर्माणका लागि विकल्प खोज्न पनि आग्रह गरिएको छ । तर, पञ्चकुले गाविसको सर्बदलीय बैठकले पुल निर्माणमा विवाद नगर्न आग्रह गरेको छ ।

दलका नेताहरु राजधानी
पुल विवादलगायतका विषयमा ध्यानाकर्षण गराउन स्थानीय राजनीतिक दलका नेताहरु राजधानी गएका छन् । नेपाली काँग्रेसका सभापति रुद्रबहादुर डाँगी, टीका घर्ती, नेकपा एमालेका अध्यक्ष जगतबहादुर बस्नेत, एकीकृत नेकपा माओवादीका अध्यक्ष रमेश चौधरी, राप्रपा नेपालका बेगमान डाँगी राजधानी पुग्नुभएको छ ।  dangkhabarबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger