Headlines News :
Home » » दाङमा भएका छुट्टा-छुट्टै सवारी दुर्घटनामा ६ जना गम्भीर घाईते

दाङमा भएका छुट्टा-छुट्टै सवारी दुर्घटनामा ६ जना गम्भीर घाईते

Written By Unknown on Monday, May 9, 2016 | 10:45 PM


तुलसीपुर ,२८-वैशाख । दाङमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

ट्रकले मोटर साईकललाई ठक्कर दिँदा दाङमा तीन जना घाईते भएका छन् । दुर्घटनामा परि मोटरसाईकलमा सवार सतवरीया २ बनघुस्री निवासी लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदी, उनकी श्रीमती नारायणी सुवेदी र दामोदर पुन मगर घाईते भएका छन् ।



ईलाका प्रहरी कार्यालय लमहीका अनुसार घाइते तीनै जनाको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ । घाईते तीनै जनाको खुट्टा फ्याक्चर भएको जानकारी दिइएको छ ।

मंगलवार विहान साढे ८ बजेतिर पूर्वपश्चिम राजमार्गको सतवरिया २ वनघुर्सीमा ना २ ख ४७१३ नम्वरको ट्रकले रा १ व २३१ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको ट्रक र पश्चिम वाट पूर्वतर्फ जाँदै गरेको मोटरसाईकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।

यस्तै मंगलवार विहान साढे १० बजेतिर अमेलिया तर्फवाट तुलसीपुर आउँदै गरेको ग २ च १०४४ नम्वरको स्र्कापियो र तुलसीपुरवाट सितलपुरतर्फ जाँदै गरेको रा २ प ८१६ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

तुलसीपुर १२ हरिपौरी स्कूल नजिकै भएको उक्त दुर्घटनामा परि स्र्कापियोका चालक विजौरी ४ हेमन्तपुर निवासी अन्दाजी २६ वर्षीय यमबहादुर डाँगी घाईते भएको सहकर्मी हेमराज डाँगीले घटनास्थलवाट जानकारी दिए ।

त्यस्तै राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट सञ्चारकर्मी दिपेन्द्र वलीले दिएको जानकारी अनुसार मोटरसाईकल चालक तुलसीपुर उरहरी निवासी विजय धिताल र त्यसमा सवार घोराही निवासी मनिस लामिछाने घाईते भएका छन् ।

घाईते मध्य मोटरसाईक चालक विजय धितालको अवस्था गंभिर रहेको बताइएको छ । घाईते सबैको हाल राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । तिर्व गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger