Headlines News :
Home » » जवरजस्ती विवाहको मारमा रोल्पाली चेली

जवरजस्ती विवाहको मारमा रोल्पाली चेली

Written By Unknown on Monday, May 9, 2016 | 5:51 AM


उमा के.सी./रोल्पा, २७, बैशाख । मामा घर गएकी आशा वि.क.(१७) साथीहरु संगै गाउँको विवाह हेर्न गएको वेला गाउँकै केटाहरुको घेरावन्दीमा परि जवरजस्ती विवाहमा परिन ।

लिवाङ नगरपालिका वडा नं.७ मा वस्दै आएकी उनी धवाङ ५ मा रहेको मामा घर गएकी थिइन । लिवाङमा उनले किशोरी शिक्षा पढ्दै गरेकी थिईन । उनी रोइन कराईन, विवाह गर्न ईन्कार गरिन तर गत चैत्र २६ गते गाउँकै वर्षमान वि.क.संग विवाह गर्न वाध्य भईन । 



तिहारको भैलो खेल्न गएकी रोल्पा धवाङ ५ की संझना विश्वकर्मा (१९) गाउँकै केटाहरुले हात खुट्टा समातेर जवर्जस्ती गर्दै निकै पर पु¥याईन । त्यहाँ पुगे पछि मात्र थाहा पाईन उनलाई त विवाह गर्न पो ल्याईएको रहेछ । विवाहको कुरा सुनेर उनले आफु विवाह गर्न तयार नभएको कुरा सुनाईनन्, रोईन कराईन तर अन्ततः आफु भन्दा २ वर्ष कान्छो लालमन वि.क.संग विवाह गर्न वाध्य भईन ।

जवरजस्त वालविवाहको मारमा परेका यी वालिकाहरु अहिले न्याय माग्न सदरमुकाम लिवाङ आएका छन । गाउँमा वस्न उचित नलागे पछि आशा गत वैशाख १० गते लिवाङ आई आफु संलग्न किशोरी समूहमा कुरा राखिन । लिवाङमै वसेर कुनै सिप सिक्न चाहेको उनले वताईन । उता संझना वि.क. पनि वैशाख देखि लिवाङमै वस्दै आएकी छिन । दुवै किशोरीको एउटै माग छ, ‘हामीलाई सिप सिक्ने अवसर देउ ।’

यी वालविवाहका प्रतिनिधि पात्र मात्र हुन । कानूनले विवाहको लागि तोकेको उमेरभन्दा कम उमेरमा भएको विवाहलाई वालविवाह भनि परिभाषित गरिएको छ । नेपालको कानूनले २० वर्ष भन्दा कम उमेरलाई वालविवाह भनेको छ । यसमा बालबालिकाले आफ्नै राजीखुसी वा वावुआमाले गरिदिएको विवाहलाई पनि गैर कानूनी मानि दण्ड समेत हुने प्रावधान छ ।

रोल्पा जिल्लामा गरिवी, परम्परागत खेती प्रणाली, कम उत्पादन, रोजगारीको अभावका साथै लैंगिक एवम् पारिवारिक हिंसा, दूरव्यवहार, अभिभावक विहिनता जस्ता आर्थिक सामाजिक कारणले वालविवाह हुने गरेको एक तथ्यांकले देखाएको छ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार जिल्लामा विवाह गरेका ६० प्रतिशत भन्दा वढि मानिसहरु २० वर्ष नपुग्दै विवाह गर्ने गर्दछन । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको अभिलेख अनुसार स्वास्थ्य संस्थामा २० वर्ष उमेर समूहका महिलाहरुको प्रसुती पूर्वको अर्भावस्था जाँचको रेकर्ड औषत प्रत्येक गाविसमा प्रति वर्ष १५ देखी ३० जना भएको देखाएको छ ।

वालविवाह मुक्त घोषणाका लागि जिल्लामा महिला तथा वालवालिका कार्यालय, जिल्ला वालकल्याण समिति,युएनएफपीए र जिल्ला विकास समिति लगायतका विभिन्न संघ संस्थाहरुले अभियानहरु संचालन गरिहेका छन । यद्यपी वालविवाहको अवस्थामा खासै सुधार आएको देखिएको छैन ।

यस संवन्धमा महिला तथा वालवालिका कार्यालय रोल्पाका महिला विकास अधिकृत लोकेन्द्रा आचार्यको भन्छीन, ‘अशिक्षा, देखासिकी, नियन्त्रणविहिन पारिवारिक अवस्था, आधुनिक संचार माध्यमको दुरुपयोग आदिका कारण वालविवाह हुने गरेको पाइएको छ ।' महिला तथा बालबालिका कार्यालयले सचेतनाका लागि जिल्लाका १७ वटा गाविसहरुमा विभिन्न अभियान संचालन गरेको जानकारी पजि उनले दिइन् ।

महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले पारिवारिक र लैंगिक हिंसा नै बालबिबाहहको प्रमुख कारण भएको बताउछिन् । ‘छोरालाई राम्रो विद्यालय पढाउने र छोरीलाई नपढाए पनि हुन्छ भन्ने अभिभावकको मनोविज्ञानले समेत वालविवाहलाई मलजल दिएको’उनले भनिन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger