|
|
|
|
न्यून बजेटका कारण काम हुन नसकेकाले यी सडकका लागि काम अघि बढाउन अर्थ मन्त्रालयले साढे सात करोड बजेट थप गर्न भौतिक योजना मन्त्रालयलाई सहमति दिएको हो । यी सबैलाई बहुबविर्षय योजनाअन्तर्गत राखिएको हो ।
जसअनुसार सबैभन्दा धेरै घोराही–मसिना–सैघा–स्वर्गद्वारी सडकका लागि चार करोड बिनियोजन गरिएको छ । त्यस्तै घोराही–घोराही–धर्ना सडकका लागि दुई करोड विनियोजन गरिएको छ ।
त्यस्तै दुई खोली–मसिना–धौलावाङ–लिवाङ सडकका लागि एक करोड बिनियोजन गरिएको सामान्य प्रशासन मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घोराही–फुर्सेखाली–हात्तीखौवा सडकका लागि ५० लाख बजेट बिनियोजन गरिएको छ । यो समाचार आजको नयाँ युगबोध दैनिकमा छापिएको छ ।

Post a Comment