|
|
|
|
धनवाङ, रीम, सारपानी गर्पा, फालावाङ लगायतका गाविसका किसानहरु तरकारी बारिको खनजोत, व्याड राख्न तथा तरकारी रोप्ने काममा व्यस्त भएका हुन् । सिंचाइ सुविधा भएको कतीपय गाविसका किसानको तरकारी बजारमा पनि आइसकेको छ ।
विशेष गरेर आकाशे पानीको भरमा वर्षायाममा यहाँका किसानले तरकारि खेती गर्छन् ।वेमौसमी तरकारीका लागि नेपालमै प्रख्यात रहेको यस ठाउँका किसानहरुले टमाटर, बन्दा, सिमी, बोडि, भेडे खुर्सानी, मुला, भण्टा, काउली लगायतका वेमौसमी तरकारी लगाएर कपुरकोट तथा अन्य स्थानमा लाग्ने हाट बजारमा विक्रि गर्ने गर्दछन् ।
सल्यान कपुरकोटको तरकारी नेपालका प्रमुख शहरहरु काठमाण्डू, पोखरा, बुटवल, तुलसिपुर लगायत भारतको लखनौ सम्म जाने गरेको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष शोभाकर शर्माले जनाए । उनले भने–‘सल्यानको तरकारीको माग धेरै ठाउँमा छ, आम्दानी पनि मनग्य हुनेभएपछि यहाँका किसानहरु उत्साहित छन् ।’ तरकारीबाट सल्यानमा वर्षेनी करोडौ रुपैयाँ भित्रने गर्दछ ।
केहि वर्ष अघिसम्म सानो मात्रामा हुने गरेको तरकारी खेती गाउँगाउँ सम्म मोटरबाटो पुगेपछि थप व्यवशायीक बनेको छ । धनवाङ ४ का किसान भुपाल बुढाले भने –‘गाउँ तथा टोल टोल सम्म कृषि सडकहरु पुगेपछि, बजार सम्म गाडमिा तरकारि लोड गरेर पु-याउँछौँ, यसले किसानलाइ धेरै सजिलो भएको छ ।’ कतीपय किसान त घर सम्मै तरकारि खरिदका लागी आउने गरेको उनले सुनाए ।
ठाउँ ठाउँमा तरकारी संकलन केन्द्र स्थापना भएपछि तरकारी वेच्न टाढा जान नपर्ने भएको हो । अलैची खेती तथा बाख्रापालन व्यवशाय पनि अंगालेका धनवाङकै किसान जित प्रसाद आचार्यले यो वर्षको एक सिजनमा तरकारि खेतीबाट मात्रै साडे २ लाख आम्दानी गर्ने योजना बनाएका छन् ।
उनी भन्छन्– ‘सम्भावना राम्रो देखेर मैले व्यवशायीक रुपमा तरकारि खेती गरेको छु, रामै्र आम्दानी हुने आशा छ ।’ यहाँका किसानहरुलाइ अझै उन्नत विउविजन र तरकारी खेती सम्बन्धी प्राविधिक ज्ञान र तालिमको खाँचो रहेको छ ।

Post a Comment