Headlines News :
Home » » रुकुमेली वृद्धाहरु भन्छन: सरकारले भत्ता बढाएर के गर्नु, ७० बर्ष काटेपनि बृद्धाभत्ता पाईएन !

रुकुमेली वृद्धाहरु भन्छन: सरकारले भत्ता बढाएर के गर्नु, ७० बर्ष काटेपनि बृद्धाभत्ता पाईएन !

Written By Unknown on Thursday, June 2, 2016 | 6:28 AM


मेगराज खड्का, रुकुम २०-जेठ । बुढेस कालमा बृद्धबृद्धाहरुको सबैभन्दा ठुलो आस भनेको सरकारले गाविस कार्यालय मार्फत दिने बृद्धभत्ता नै हो । छोराछोरीहरु कोहि बिदेश त कोहि देशमै भएपनि बुढाआमाबुवाहरुलाई छोडेर सदरमुकाममा नै बस्ने चलन बढ्दै गएका कारण पनि सामाजिक सुरक्षा भत्ताको थारै रकमले भएपनि साँझ बिहानको छाँक टारिरहेको अवस्था हुन्छ ।



तर त्यहि आषाको सुरक्षाभत्ता पनि गाविसको लापरबाहीले नपाउदा बुढेसकालमा निरासा बन्ने गरेको छ । यस्तै निरासाको केन्द्र बनिरहेका छन रुकुमको दुर्गम गाविस कोलको दुई बृद्धाहरु । उनीहरुले आफु ७० बर्ष काटेको भएपनि हालसम्म पनि सरकारले दिने बृद्धभत्ता पाएका छैनन ।

रुकुम कोल ६, पद्मीकी चन्द्रमाया बुढा र नपुरा बुढा ७० बर्ष काटेका बुढाबढीले बृद्धभत्ता पाउने सुनेको भएपनि आफुहरुले नपाएको बताईन । आफुहरु जस्तै सामाजिक सुरक्षा भत्ता नपाएका गाउँघरमा धेरै रहेको समेत उनीहरुको भनाई रहेको थियो ।

‘गाउँमा सचिब बस्दैनन, कतिखेर फारम भर्छन, कतिखेर भत्ता पाईन्छ हामीलाई केहि थाहा छैन, ७४ बर्ष पुगिसकेकी चन्द्रमायाले भनिन, ‘हामीलाई कहाँ गएर कतिखेर के गर्ने भन्ने थाहा छैन, सचिबहरु पनि गाउँघरमा आउदैनन ।’

गाविसका कर्मचारीहरुले चिनजानका आधारमा केहिकेहिको फारम भरेर भत्ता दिने गरेको भएपनि केहि थाहा नपाउने बृद्धबृद्धाहरुको लागि भने कुनै पहल नगरेको उनको भनाई थियो । सोहि गाउँकै ७२ बर्षिय नपुरा बुढाले पनि आफुले हालसम्म पनि भत्ता नभएको बताईन ।

‘बुद्धभत्ता नपाएको गाउँमा धेरै होला हामीजस्ता पनि’ उनले भनिन, ‘पाउने कोहि साथीसंगीले पनि अलि धेरै ढिलो पाउँछन बर्षको एकदुई पटक ।’ यस बिषयमा गाउँ विकास समिति कोलका सचिब गणेशकुमार शर्मालाई बुझ्न खोज्दा उनलाई फोन सम्पर्क हुन सकेन ।

सदरमुकाम खलंगा भेटिएका गाविस कार्यायक सहायक बहादुर सुनुवारलाई बुझ्न खोज्दा केहि कमीकमजोरी भएको हुन सक्ने स्वीकार्दै छुटेकाहरुलाई यसपटक सामाजिक सुरक्षा भत्ताका लागि दर्ता गर्ने बताए ।

‘हामीले गाउँगाउँमा गएर नै सामाजिक सुरक्षा भत्ताको फारम भर्दै आएका छौं, आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिन्छौं’ कार्यालय सहायक सुनुवारले भने, ‘खास त्यहाँको समस्याका के हो ? म गाउँ गएपछि बुझेर समस्या समाधान गर्छु ।’ उनका अनुसार गाविस सचिब शर्मा केहि समयदेखि जिल्लाबाहीर रहेका छन ।

सरकारले पहाडि जिल्लामा ७० बर्ष पुगेका बृद्धबृद्धाहरुको लागि मासिक १ हजारका दरले सामाजिक सुरक्षा भत्ता गाविस कार्यालय मार्फत प्रदान गर्दै आईरहेको छ । त्यस्तै सरकारले भर्खरै प्रस्तुत गरेको नयाँ बजेटमा त्यसलाई दोब्बर बढाएर नयाँ आर्थिक बर्षदेखि कार्यन्वयनमा ल्याउने बताएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger