|
|
|
|
त्रिपुर विकास सरोकार संघर्ष समितिको अगुवाईमा साविक नारायणपुर गाबिसको भवन रहेको स्थानमै नगरपालिकाको भवन बनाउनु पर्ने माग गर्दै घोराहीमा -याली, धर्ना र कोणसभा भएको हो । त्रिपुर नगरपालिकाको भवन बनाउने बिषयमा राजनितिक दलहरुका बिचमा विवाद देखीए पछि संघर्ष समिति गठन गरि केही दिन देखी आन्दोलन हुदै आएको छ ।
नेपाली कांग्रेस, राप्रपा, राप्रपा नेपाल, फोरम सहितका साना दल र विभिन्न संघसस्थाहरु साविक नारायणपुर गाबिस भवन रहेको स्थानमा नगरपालिकाको भवन बनाउनु पर्नेमा पक्षमा उभिएका छन् भने नेकपा एमाले, नेकपा माओबादी केन्द्र सहितका दलहरु भने त्रिपुर ५ डोक्रेनामा जग्गा व्यवसायीहरुले उपलब्ध गराएको १० कठ्ठा जग्गामा भवन बनाउनु पर्ने माग गरेका छन् ।
आन्दोलनमा रहेको संघर्ष समितिले सबैको पायक पर्ने ठाउँ नारायणपुर बजार क्षेत्र नै भएको भन्दै साविकको गाबिस भवनमै नगरपालिकाको भवन बनाउनु पर्नेमा माग गर्दै आएको छ । संघर्ष समितिका अध्यक्ष चित्रबहादुर डाँगी निर्मलको अध्यक्षतामा भएको कोणसभामा बोल्ने बक्ताहरुले भुमाफियाको प्रलोभनमा परेर सिमित व्यक्तिहरुले भवन अनेत्रै बनाउनु माग गर्दै आएको र त्यो हुनै नसक्ने बताएका छन् ।
समितिले आफुहरु को मागका बारेमा जिल्ला प्रशासनमा ज्ञापन पत्र समेत बुझाएका छन् । साथै संघर्ष समितिले नगरपालिकाका कार्यकारी अधिकृतले सरकारको निर्णयलाई अटेर गरि भुमाफियाको पछि लागेको समेत आरोप लगाएको छ । दवाव मुलक आन्दोलन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ सहित घोराही नगरकमिटि र राप्रपा नेपाल क्षेत्र नम्बर ३ ले समेत ऐक्यबद्धता जनाएका छन् । तुलसीपुर अनलाइनबाट

Post a Comment