|
|
|
|
गौरीले दूतावासमा दर्ता गराएको उजुरीमा ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने अनोज साक्यले उनीमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकि हुन् ।
![]() |
| अनोजको साथमा गौरी मल्ल |
अभिनेतृ गौरीलाई ती शाक्यले जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको भन्दै जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर इमेल र टेलिफोन गरेर जापान बोलाएका थिए । उजुरीमा गौरीले उल्लेख गरेकी छिन- ‘तपाईंजस्तो कलाकार नेपालमा बसेर केही हुँदैन, म तपाईंलाई जापानको कला क्षेत्रमा काम गर्ने अवसर मिलाइदिन्छु र खाने-बस्ने राम्रो प्रवन्ध पनि गरिदिन्छु, हाललाई इको स्प्रे फर एयर फिल्टरको विज्ञापनको प्रस्ताव आएको छ, मलाई आफ्नै भाइ सम्झेर यो प्रस्ताव स्वीकार गर्नुहोस् ।’ गौरीको आरोपमा साक्यले जापान आउनका लागि आफूलाई तीन लाख रुपैयाँ समेत पठाइदिएको उल्लेख छ ।
जापान आएकी गौरीलाई साक्यले शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसाको शिकार बनाएका गौरीले आरोप लगाएकी छिन ।
यता आरोपी साक्यले बिभिन्न अनलाइनमा आफुबारे समाचार भेटेपछि आफ्नो फेसबुकमा यसरी आफ्नो स्टाटस लेखेका छन् । उनले जापानमा गौरीको आरोपले आफुलाई केहि असर नगर्ने बताएका छन् । हेर्नुहोस् उनले लेखेको फेसबुक स्टाटस:
आफ्नो स्टाटस जापानी भाषामा लेख्ने अनोजले आफूमाथि लागेको आरोपको खण्डन गर्दा स्टाटस भने नेपालीमा लेखेका छन् । गौरीले दुतावासमा मुद्धा दिएर उनि नेपाल आइसकेकी छन् तर साक्य भने गौरीको मुद्धाले आफुलाई केहि असर नपर्ने बरु उल्टो ‘गौरीलाई जेल हाल्न सक्छु’ भन्ने अभिव्यक्ति दिएका छन् | साझासबालबाट साभार


Post a Comment