असार २३, दाङ । दाङमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
 |
| फाइल तस्बिर |
गुडिरहेको लु २ त ७३३ नम्वरको ट्याक्टरवाट खसेर गम्भीर घाइते भएका अर्घाखाँची जलुके–६ का ५० वर्षीय रणवहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत देउखुरीको लालमटिया–५ मा गएराति ९ बजेतिर ट्याक्टरवाट खसेर गम्भीर घाइते बुढाको उपचारका क्रममा गएराति लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
पश्चिमवाट पूर्वतर्फ हार्डवयरको सामान लोड उक्त ट्याक्टरमा सवार बुढा ट्रलीमा बसेका थिए। चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेतो पाटीबाट
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment