|
|
|
|
राप्ती समितिका अध्यक्ष शुरेस हमालले विहीवार त्यस्तो प्रतिवद्धता जाहेर गरेका हुन । अध्यक्ष हमाल संगै गएका समाजसेवी गोरख ओली लगायत टोलीले पिडित परिवारलाई एक मुष्ट साढे १६ हजार ५ सय सहयोग रकम हस्तान्तरण गर्दै त्यस्तो घोषणा गरेका हुन ।
हमाल र ओली सहित १३ जनाको समुहले पिडित परिवारकै घरमा पुगी साढे १६ हजार ५ सय रकम सहयोग समेत गरेको थियो । उनीहरुले कुँवरकी तीन छोरीलाई कक्षा १० सम्मको पढाई खर्च तथा खाद्यन्न उपलब्ध गराउने घोषणा गरेको छ ।
पढाई खर्च, ड्रेस, किताब, कापिलगात आबश्यक शैक्षिक सामाग्री किनिदिने घोषण शुरेस हमालले गरेका थिए । अहिले कँवरकी महिली छोरीले कक्षा ७ मा , साईलीले ४ र कान्छीले शिशु कक्षामा अध्यायन गरिरहेका छन् ।
राप्ती समितिका डायल इञ्चार्ज प्रकाश भट्टले एक हजार सहयोग गरेका छन् । यसैबीच पीडित परिवारलाई राहत होस भनि बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले आर्थिक सहयोग गरिरहेका छन् । विहीवार सम्म सम्म करिब ५५ हजार सहयोग संकलन भएको पारीवारीक स्रोतले बताएको छ ।

Post a Comment