Headlines News :
Home » » दाङमा घर जग्गा व्यवसाय : बजार क्षेत्रमा घट्यो, हाइेवेमा यसकारण ह्वात्तै बढ्यो !

दाङमा घर जग्गा व्यवसाय : बजार क्षेत्रमा घट्यो, हाइेवेमा यसकारण ह्वात्तै बढ्यो !

Written By Unknown on Friday, July 8, 2016 | 6:10 AM


दाङ । दाङको बजार क्षेत्रमा घरजग्गा कारोबार घटेको छ । अहिले धेरैजसो ग्राहक हाईवेको नजिक पर्ने शहरोन्मुख गाउँमा आकर्षित भएको घरजग्गा व्यवसायीहरूले बताएका छन् ।

घोराही–तुलसीपुर सडक खण्डमा पर्ने सातओटै खोलामा पक्की पुल निर्माण हुन थालेपछि ग्राहकले शहरमा भन्दा हाईवेको नजिकमा जग्गा किन्न चाहेको जग्गा व्यवसायी विशाल सुवेदीले बताए । ‘अहिले शहरी क्षेत्रमा जग्गा निकै महँगो भइसकेको छ, विगतमा जस्तो कारोबार हुँदैन,’ उनले भने, ‘अहिले ग्राहकहरू सस्तो मूल्यमा हाईवेको १/२ किलोमिटर दायाँबायाँ किन्न चाहन्छन् ।’ ३ वर्ष पहिलेसम्म बजार क्षेत्रमा आफूले मासिक ५ देखि ८ ओटासम्म घर जग्गाको कारोबार गर्ने गरेको उनले बताए । तर, अहिले बजार क्षेत्रमा उनले मासिक एक/दुईओटामा मात्रै कारोबार गर्दै आएका छन् । मुख्य बजारभन्दा टाढा घोराही–तुलसीपुर सडकको आसपासमा भने मासिक करीब पाँचओटा घरजग्गाको कारोबार हुने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीबाट आम्दानी गरेकाहरू अहिले ग्रामीण क्षेत्रबाट हाईवे आसपासमा बसाइसराइँ गर्ने क्रम बढेको अर्का घरजग्गा व्यवसायी हरि डाँगीले बताए । ‘केही वर्ष पहिलेसम्म महँगा घडेरीको खरीदविक्री हुन्थ्यो, तर आजभोलि ४/५ लाखका घडेरी बढी खरीदविक्री भइरहेका छन् ।’ घोराही–तुलसीपुर खण्ड क्रमशः शहरीकरण हुँदै गएकाले पनि ग्राहकहरूको आकर्षण त्यसतर्फ बढेको उनको भनाइ छ ।

तुलसीपुर र घोराही नगरपालिकामा पर्छन् । अहिले यी दुई नगरपालिकाको बीचमा पर्ने तीनओटा गाविस जोडिएर त्रिपुर नगरपालिका बनेको छ । तीनओटा नगरपालिका एउटै कोरिडोरमा भएकाले सबै क्षेत्र शहरीकरणतर्फ उन्मुख भएको डाँगीको भनाइ छ । ‘बजार क्षेत्रमाजत्तिकै सुविधा पाउने भएपछि ग्राहकहरू हाईवे आसपासमै बस्न रुचाएका हुन्,’ उनले भने, ‘नगरपालिकाको कुनाकुनामा बस्नुभन्दा हाईवेको नजिकमा बस्दा सर्वसाधारणले धेरै सुविधा लिन सक्छन् ।’

अहिले घोराही–तुलसीपुर सडक खण्डको आसपासमा ३ किलोमिटरसम्म दायाँ–बायाँ धमाधम प्लटिङको काम भइरहेको छ । ‘हामीले ग्राहकको अपेक्षाअनुसार नै प्लटिङ गरेर विक्री गर्ने हो,’ डाँगीले भने, ‘ग्रामीण क्षेत्रमा पनि प्लटिङ हुन थालेपछि अहिले जग्गाको भाउ ह्वात्तै बढेको छ ।’ ३ वर्ष पहिलेसम्म नगरपालिकाबाहिर हाईवेमा प्रतिकठ्ठा जग्गा ४ लाख रुपैयाँमा विक्री भइरहेको थियो । तर, अहिले प्रतिकठ्ठा ७ देखि ७ लाखमा विक्री भइरहेको छ ।

शहरीकरण हुनु राम्रो भए पनि यसको उचित व्यवस्थापन हुनुपर्ने बिजौरी–५ सानिगाउँका राजन लामिछाने बताउँछन् । ‘अहिले मापदण्डविपरीत जथाभावी जग्गा प्लटिङ भइरहेको छ,’ उनले भने, ‘अब प्लटिङ गर्दा निश्चित मापदण्डअनुसार गाविसहरूले कार्यविधि तयार गर्नुपर्छ ।’ नगरपालिका क्षेत्रमा प्लटिङ गर्दा मापदण्डको प्रयोग भए पनि ग्रामीण क्षेत्रमा जथाभावी प्लटिङ भइरहेको उनको भनाइ छ । घोराही र तुलसीपुर बजार क्रमशः जोडिँदै गएकाले अब सरकारले दीर्घकालीन गुरुयोजनामार्फत शहरीकरण गर्नुपर्ने उनले बताए । पाण्डप शर्माको समाचार आर्थिक अभियान दैनिकले प्रकाशित गरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger