|
|
|
|
रोल्पाको घर्तीगाउँ–८ को सिद्घनाथ प्राविका प्रधानाध्यापक कृष्ण बहादुर घर्तीमगरको झोलाबाट चेक चारेर किर्ते हस्ताक्षर गरी २ लाख ६० हजार निकालेका पाखापानी– ५ स्थित जनता प्राविका प्रधानाध्यापक लाल बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको हो ।
सल्यान बाँफुखोला–९ चिनाली घर भएका खड्काले लिवाङको एक होटलमासँगै बसेका साथीको नगद १६ हजार ५ पाँच सय समेत चारी गरेको प्रहरीले बताएको छ ।
उनलाई लिबाङको सात्तालेखोलाबाट नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिनुभयो । अहिले उनलाई जिल्ला अदालत रोल्पाबाट चोरी मुद्दामा म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर अनलाइन

Post a Comment