|
|
|
|
तुलसीपुरको गोर्खा वोडिङ स्कुलमा विहान ८ वजेदेखि अपरान्ह ३ वजे सम्मका लागि परिक्षाको समय निर्धारण गरिएको यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहालले जानकारी दिए ।
आवेदन दर्ता प्रक्रियालाई इन्टरनेट सिस्टममा लगिएपछि विभागको वेब साईड ढिला भएकाले आवेदन इन्टरनेटमा दर्ता गर्दा केही ढिलाई हुन गएको प्रमुख दाहालले बताए । मोटरसाईकल र स्कुटीको लिखित परिक्षागर्न ढिला हुनुको मुख्य कारण आधुनिक प्रविधिको अनुसरण गर्न खोज्नुले भएको उनले बताए ।
लिखित परिक्षामा आवेदन दिएकाहरुलाई निर्धारित समयमा तोकिएको स्थानमा परिक्षा दिन कार्यालय प्रमुख दाहलले सवै सहभागिलाई आनुरोध गरेका छन । ०७२ माघ पछि हाल ०७३ वैशाखमा सवारी चालक अनुमति पत्रको आवेदन आह्वान गरिएको हो ।
यातायात व्यवस्था कार्यालय राप्तीमा पछिल्लो समय मोटरसाइकल र स्कुटीका लागि ६ हजार ३ सयले आवेदन दिएको यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहालले वताए । यातायात व्यवस्था कार्यालय राप्तीले जिप कार वस ट्रक लगाएत हेभि साधनको परिक्षा र ट्रायल सबै यसअघि नै पुरा भइसकेको छ ।
पहिलो चरणमा ठूला सवारी साधान चालकका लागि परिक्रिया पुरा गर्न लाग्दा मोटरसाइकल चालकको परिक्षा गराउन ढिलाई भएको कार्यालयले जनाएको छ । साउन एक गते लिखित परिक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था कार्यालयले लिखित परिक्षाको नतिजा प्रकाशन पछि ट्रायल चेकको व्यवस्था गरिने प्रमुख दाहालले बताए । स्रोत: तुलसीपुर अनलाइन

Post a Comment