|
|
|
|
पुर्वक्षेत्रबाट आएको हवाहुरीले विभिन्न ठाउँको गरि जिल्लाको ७० प्रतिसत मकैवालीलाई क्षति पु¥याएको अनुमान कृषि विकास कार्यालयले अनुमान गरेको छ । अधिकांश स्थानमा फूल खेल्ने अवस्थामा रहेको मकै सोत्र्याम्म भएपछि किसान निराश वनेका छन् ।
‘एउटै बोट पनि नढलेको भेटिएन, तुलसीपुर-२ रक्षाचौरकी धनमाया वलीले भनिन् । बारीको सारा मकै काम नलाग्ने भयो ठूलो क्षति भयो ।’ पवननगर गाविस १ पवन नगरका स्थानीयबासी मानबहादुर वलीले पनि आफुले लगाएको एक विगाहा क्षेत्रफलमा लगाएको मकैवाली ध्वस्त भएको जानकारी दिए ।
उनले भने ‘परारशाल गवारो, पोहर शाल डाँठ डढुवा रोगले मकै सखाप भयो अनि यसपालि हवाहुरीकाकारण मकै सखाप भयो ।’ उता दाङको देउखुरी क्षेत्रमा पनि हावाहुरीले मकैवालिमा व्यापक क्षति भएको छ । देउखुरी नागरिक सञ्जालका संयोजक निमबहादुर थापाले पनि हावाहुरीले देउखुरी क्षेत्रको मकैवालिमा ठूलो क्षति पुगेको बताए ।
तर हावाहुरवाट सवैभन्दा बढी क्षति लुलसीपुर क्षेत्र र मानपुर क्षेत्रमा परेको बताइन्छ । जिल्ला कृषि विकाश कार्यालयको तथ्यांक अनुसार जिल्लामा २४ हजार ५ सय हेक्टर क्षेत्रमा मकै खेति हुंदै आएको छ । जिल्लामा ४८ हजार मेट्रिक टन मकै उत्पादन हुंदै आएको छ ।
‘क्षतिको सामान्य जानकारी आएको छ, तर जिल्लाको संपुर्ण विवरण भने अझै आएको छैन’,जिल्ला कृषि विकास कार्यालय मकै वालि विज्ञ रविन धितालले बताए । उनले नारायणपुर क्षेत्रमा कम्तिमा ४० प्रतिसत , रामपुर क्षेत्रमा २५ प्रतिसत मकैवालिमा क्षति भएको भन्ने जानकारी आएको बताए ।
तुलसीपुर क्षेत्रको क्षतिवारे भने जिल्ला कृषि विकास कार्यालयले विवरण आइनसकेको बताएको छ । जिल्लाको दक्षिण पश्चिम क्षेत्रको फुलवारी क्षेत्रमा पनि हावाहुरीले मकैवालिमा ठूलो क्षति पुर्याएको छ । -तुलसीपुर अनलाइनबाट साभार

Post a Comment