Headlines News :
Home » » दाङमा सात वर्षीय बालकको घरभित्रै हँसिया प्रहार गरी निर्मम हत्या

दाङमा सात वर्षीय बालकको घरभित्रै हँसिया प्रहार गरी निर्मम हत्या

Written By Unknown on Friday, July 8, 2016 | 10:14 PM


असार २५, दाङ  ।  दाङमा एकजना बालकको हत्या भएको छ ।


विजौरी–२ का सात वर्षीय दिपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको दाङ जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

एसपी सिंहका अनुसार दिपकको हत्या उनकै फूपु २६ वर्षीया गौतमी खत्रीले गरेकी हुन् । गौतमी मानसिक सन्तुलन गुमाएकी महिला भएको खुल्न आएको प्रहरीले बताएको छ ।

शुक्रवार अपरान्ह दिपक विद्यालयवाट फर्केपछि उनको हत्या भएको भएपनि साँझ अबेरमात्रै प्रहरीलाई खबर आएको प्रहरीले जनाएको छ ।

दिपकका अभिभावकसहित परिवारका सबै सदस्य खेतमा रोपाई भएकोले रोपाईमा गएको र नजिकै घर भएकी फुपु आएर दिपकको टाउँको र घाँटीमा हँसिया प्रहर गरी हत्या गरेको खुल्न आएको एसपी सिंहले जानकारी दिए ।

एसपी सिंहका अनुसार यसअघि पनि मानसिक सन्तुलन ठीक नभएकी गौतमीले आफ्नै श्रीमानलाई समेत आक्रमण गरेकी थिइन् । हत्यापछि गौतमी फरार रहेको र उनको खोजी भइरहेको  प्रहरीले जनाएको छ । स्रोत: सेतोपाटी अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger