|
|
|
|
प्रहरी चौकी गोलटाकुरीका प्रहरी हवल्दार मानवहादुर थापाका अनुसार खत्री शुक्रवार दिउँसो गोलटाकुरीको भालु खोला भन्ने स्थानमा मृत फेला परेकी थिइन । खत्रीको उच्च रक्त चापका कारण मृत्यु भएको भन्ने थहाँ भएको हवल्दार थापाले जानकारी दिए ।
मृतक खत्री र उनकी देवरानी ३५ वर्षीया उमा खत्री च्याउ टिप्न र घाँस काट्न भनि शुक्रवार विहान ६ बजेतिर नै जंगल गएका थिए । तर च्याउ खोज्न भनि दुबै जना जंगलमा पुगेपछि अलग अलग बाटो लागेको धेरै वेरसम्म पनि तोर्णा खत्री फेला नपरेपछि देउरानी उमा घर फर्केकी थिइन ।
तर घरमा समेत तोर्णा नआएकोले परिवार जन सहित गाउँलेहरु मिलेर जंगलमा खोज्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यसैबीच मृतक तोर्णाकी देवरानी उमा खत्री भने जंगलमा जेठानी दिदीको शव देख्ने वित्तिकै बेहोस भएर लडेकी थिइन । उनलाई तत्काल जंगलवाट उद्धारगरी राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याएर उपचार भइरहेको छ ।
यो खबर तयार पार्दै गर्दा साढे ६ बजेतिर उमाको होस खुलेको छ । उमाले जेठानी दिदीको शव देखेपछि आफुलाई एकाएक चक्कर लागेजस्तो भएपछि केही थाहाँ नपाएको अस्पतालमा होस खुलेपछि प्रतिक्रिया दिइन । स्रोत: तुलसीपुर अनलाइन

Post a Comment