|
|
|
|
रोल्पा जुगाँर १ निवासी २७ वर्षीय अर्जुन विकले सहोदर भाई २३ बर्षीय अजय विकलाई हँसियाले प्रहार गरि गंभिर घाईते बनाएको प्रहरीले बताएको छ ।
आइतवार रातको साढे १० बजे जग्गा सम्वन्धि सामान्य विवाद चल्दा अर्जुनले अजयको बायाँ खुट्टामा हँसिया प्रहार गरेका थिए । राप्ती अञ्चल अस्पताल तुलसीपुरवाट प्रहरी जवान राजेन्द्र गिरीका अनुसार हँसिया प्रहार पछि अजयको खुट्टाको नयाँ नै काटिएकोले अत्यधिक रक्तस्राव हुनगई उनको अवस्था गंभिर बन्न पुगेको हो ।
सोमवार विहान अजयलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याएको र उनेका अवस्था निकै क्रिटिकल भएकोले तत्काल नै शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।
अजयको रगत रोकथामको प्रयास गरिएपनि रगत नरोकिएकोले उनलाई कोहलपुर रेफर गरिएको प्रहरीले बताएको छ । स्रोत: तुलसीपुर अनलाइन

Post a Comment