|
|
|
|
गोठिवाङ, बांगेशाल, मर्कावाङ, पकला, रम्दी, बर्जिवाङ, सारी, माझकोट र दाखाक्वाडी(हालको न.पा.) गाविस भवनहरु पूनः निर्माण भईरहेको जिल्ला प्राविधिक कार्यालय प्यूठानले जनाएको छ । शान्ति तथा पूनः निर्माण मन्त्रालयद्धारा सञ्चालित पूनःनिर्माण तथा पूनःस्थापना कार्यक्रम अन्तर्गत भवनको निर्माण कार्य भईरहेको जिल्ला इन्जिनियर सुरेन्द्र घिमिरेले जानकारी दिए ।
सवै गाविस भवन निर्माणका लागि २ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए । गोठिवाङ, मर्कावाङ, पकला, बर्जिवाङलाई २५/२५ लाख रुपैयाँ, बांगेशाल, दाखाक्वाडी, रम्दीलाई ३५/३५ लाख, सारीलाई ३० लाख र माझकोट गाविसलाई तीन लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।
‘चालु आर्थिक वर्षको असार दोस्रो हप्तापछि १ करोड ५५ लाख रुपैयाँ थप अख्तियारी आएको छ’,उनले भने,‘ तर,ढिला गरि अख्तियारी आएकाले कार्यन्वयनमा केही समस्या भने हुने छ ।’ नौं वटा गाविस भवनको पुनःनिर्माणको काम ठेक्का प्रक्रिया मार्फत भइरहेको र त्यसका लागि विभिन्न निर्माण व्यवसायीहरुले निर्माणको जिम्मा लिएको जिल्ला प्राविधिक कार्यालय प्यूठानका सव–इञ्जिनियर दिनेश केसीले बताए ।
माझकोट गाविस भवनको काम यवैर्षदेखि मात्रै सुरु भएको हो । तर जिल्लाका अन्य ८ वटा गाविसको भवन निर्माण कार्य भने गतवर्षदेखि नै शुरु भएको स्थानीय शान्ति समितिको कार्यालय प्यूठानका कार्यालय सचिव कमल थपलियाले जानकारी दिए ।
‘निर्माणाधिन भवनहरुको हालै जिल्लास्तरीय अनुगमन गरिएको छ’,उनले भने,‘आउँदो आर्थिक वर्षभित्र सवै गाविस भवनहरुको निर्माण कार्य पुरागर्ने लक्ष्य छ।’ तर भवन अभावमा कार्यालयको दैनिक कार्यसम्पादनमा समस्या भईरहेको सारी गाविस सचिव दिनेश सापकोटाले बताए ।
उनले थपे,‘भवन बन्न लागेकोमा निकै खुसी छौँ ।’ आउँदो आर्थिक वर्षसम्म भवनको निर्माण कार्य पुरा भएमा कार्यसम्पादन गर्न सहजता हुने उनले विश्वास व्यक्त गरे । निर्माणाधिन हरेक गाविस भवनमा एउटा हल कोठा सहित ३ वटा कोठा निर्माण गरिने सापकोटाले बताए । हाल जिर्ण भवनबाट गाविसको दैनिक कामकाज संचालन भईरहेको उनले जाकारी गराए । -तुलसीपुर अनलाइन

Post a Comment