Headlines News :
Home » » पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्वारी पुग्ने भिंगृ-स्वर्गद्वारी सडक अवरुद्ध, तिर्थयात्रीलाई सास्ती

पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्वारी पुग्ने भिंगृ-स्वर्गद्वारी सडक अवरुद्ध, तिर्थयात्रीलाई सास्ती

Written By Unknown on Saturday, July 9, 2016 | 6:24 AM


केशर रोका/असार २५, प्यूठान । पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्वारी पुग्ने ग्रामीण सडक अवरुद्ध हुँदा तिर्थयात्रीहरुले सास्ती बेहोर्नु परेको छ ।
 
भिंगृ-६ रुमालेमा गएको पहिरो नहटाउँदा तीन दिनदेखि वाटो अवरुद्ध भएको स्थानीयले बताएका छन् । ‘मान्छे पनि हिड्न नसक्ने गरी बाटो अवरुद्ध भएको छ’,स्वर्गद्धारी-४ खालका स्थानीय बसन्त बहादुर खड्काले भने,‘पहिरो हटाउन कसैले चासो देखाएका छैनन् ।’

बाटो अवरुद्ध हुँदा स्वर्गद्धारी र कोचिवाङबाट सदरमुकाम खलंगा सहित व्यवसायिक प्रयोजनका लागि विजुवार, बाग्दुलामा जाने सर्वसाधरणलाई समेत सास्ती भएको उनले जानकारी गराए ।

गाडी नचल्दा स्वर्गद्वारी मन्दिरमा दर्शन गर्न आउने तिर्थयात्रीको संख्यामा एक्कासी कमी आएको स्वर्गद्धारी आश्रमका कोठारी कामु प्रसाद नयौपानेले जानकारी दिए । ‘बर्षातको समयमा तिर्थयात्रीहरु खासै आउदैनन्’,उनले भने,‘फाट्टफुट्ट आउने पनि बाटो नहुँदा रोकिएका छन् ।’

सडक सञ्चालनका लागि सम्वन्धित निकायले चासो दिनुपर्ने उनले आग्रह गरे । पहिरोले गर्दा बस, जिप छुटाउन नसकिएको स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति विजुवारद्धारा संचालित भिंगृ काउण्टरका रमेश श्रेष्ठले जानकारी दिए । तीन दिनदेखि यातायात ठप्प रहेको उनले बताए ।

यसैविच, पहिरो हटाउने प्रयास भईरहेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख सुरेश न्यौपानेले जानकारी गराए । बाटो स्तरोन्नती गर्ने क्रममा पहिरो खसेकाले ठेकेदार मार्फत काम भईरहेको उनको भनाई छ । ‘ठेकेदारलाई छिट्टै पहिरो हटाई बाटो संचालन गर्न भनेका छौँ’,उनले भने,‘एक-दुई दिनभित्रै बाटो खुल्छ ।’ -तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger