Headlines News :
Home » » प्युठानमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचसहित ८ जनाको मृत्यु

प्युठानमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचसहित ८ जनाको मृत्यु

Written By Unknown on Monday, July 4, 2016 | 7:17 PM


असार २१, प्यूठान । अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर गएराति प्यूठानमा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको छ ।



पहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं. ३ नेटाका दुर्गबहादुर मल्ल, उनको श्रीमती सीता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो । छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल रहेको रजवाराका स्थानीय तथा पत्रकार महासंघ प्यूठानका सचिव महावीर रानाले जानकारी दिए ।

त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र ७ वषिर्य छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रलस सोसाइटी लगायतको टोली अहिले विहानै रजवारा घटना स्थल पुगेको छ । घटना स्थल प्यूठान जिल्ला सदरमुकामबाट १७ कोष टाढा पर्दछ । -स्रोत अनलाइन खबर

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger