|
|
|
|
लालमटीया गाविस वडा नं. २ निवासी २२ वर्षीय श्रीकृष्ण चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए । करेन्ट लागेर गम्भिर घाईते बनेका चौधरीको उपर क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचकार क्रममा शनिवार साँझ मृत्यु भएको हो ।
करेन्ट लागेर सोही ठाउँ निवासी अन्य चार जना घाईते भएका छन् । जसमा २३ वर्षीय प्रकास चौधरी, २३ वर्षकै सिताराम चौधरी, १८ वर्षीय मनिराम चौधरी र १९ वर्षीय अशोक चौधरी रहेको एसपी सिंहले जानकारी दिए । उनीहरु सबैको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
लालमटीया गाविस वडा नं. ७ बराहखुटीमा विद्युत पोल गाड्ने क्रममा शनिवार साँझ ५ बजेरित उनीहरुलाई करेन्ट लागेर लागेको थियो ।बिधुत विस्तारको जिम्मा लिएका ठेकेदारले बिधुत सम्वन्धी जानकारीनै नभएका मजदुरलाई बिधुतीय काम गराउन खोज्दा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।
लालमटीया गाविसको बराहखुटीमा विजुली लैजानका लागि बाटोमा पाले गाड्ने क्रममा बिधुत सम्वन्धि जानकारी नै नराख्ने मजदुरलाई प्रयोग गरिएपछि उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । स्रोत: तुलसीपुर अनलाइन

Post a Comment