सन्तोषकुमार गुप्ता, असार २२, दाङ । राप्ती नदीमा डुबेर बुधबार दाङको देउखुरीमा एक जनाको ज्यान गएको छ । तुलसीपुर नगरपालिका—४ राजपुर निवासी बर्ष ६३ का बिष्णुभक्त अधिकारीको ज्यान गएको हो ।
मंगलबार भालुवाङ्ग आफन्तकोमा घुम्न आएका बेला राप्ती नदीको छेउमा घुम्ने क्रममा नदीमा लडेर अधिकारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।
भालुवाङ्ग पुल्चोक बजारमा तरकारी तथा फलफुल व्यवसाय गर्ने छोरा केदार अधिकारीको घर भालुवाङ्गमा मंगलबार घुम्न आए उनी मंगलबार साँझाबाट नै हराए पछि केदार अधिकारीले ईलाका प्रहरी कार्यालय भालुवाङ्गमा खबर गरेका थिए ।
खबर पाए लगतै प्रहरीले राती अबेर सम्म खोजी कार्य जारी राखे पनि बुधबार बिहान मात्र अधिकारीको शब राप्ती नदीमा बनाएको नहरको पहिलो इन्टेकमा मृत अवस्थामा शब फेला परेकोको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी नायब निरक्षक करन टमटाले जनाकारी दिएका छन् । मृतक अधिकारीको शब पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment